काठमाडौं–माग सम्बोधन गर्ने सरकारको प्रतिवद्धतापछि प्राध्यापक डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । सरकारका तर्फबाट स्वास्थ्यमन्त्री दीपक बोहोरा र डाक्टर केसीबीच माग सम्बोधनका लागि पहल गर्ने सम्बन्धमा ५ बुँदे सहमति भएपछि डाक्टर केसीले अनसन स्थगित गरेका हुन् । शुक्रबार साँझ नै सरकारसँग अनसन अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका डाक्टर केसीले शनिबार बिहान मात्रै औपचारिक रुपमा अनसन तोडेका हुन् । 
त्रिवि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने काम गर्दै आएका नथुनी मोचीले डाक्टर केसीको अनसन तोडाएका हुन् । अनसन तोडेपछि संचारकर्मीसंग प्रतिक्रिया दिदै उनले अन्तिम अवस्थासम्म पनि चिकित्सा क्षेत्रको सुधार, न्याय र भ्रष्टाचार मुक्त समाजका लागि लडिरहने प्रतिक्रिया दिए ।
सर्वोच्चका प्रधानन्यायाधीशमाथि सर्वोच्च अदालतकै फैसलाले छानविनको दायरामा ल्याएकाले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने उनको तर्क थियो । प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए आफू पुनःसत्याग्रह आन्दोलनमा बस्ने चेतावनी दिए ।
दुईपक्षीय सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सात दिनभित्र सिफारिस समिति गठन गर्ने, सर्वोच्च अदालतको पुस २३ गतेको आदेशमा डिनमा हाल नियुक्त भएका प्रा डा जगदीश प्रसाद अग्रवालको नियुक्ति नियुक्तिलाई गैर कानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको भन्ने उल्लेख भएकाले नियुक्ति वैध भएको हुँदा सो नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने उल्लेख छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij