२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नाट्टामा चुनावी प्रतिष्पर्धा, सिएन पाण्डेको जित सुनिश्चित

नाट्टामा चुनावी प्रतिष्पर्धा, सिएन पाण्डेको जित सुनिश्चित

नेपालमा यति बेला नाट्टामा आवद्ध देशभरका पर्यटन व्यवसायीहरु भोलि हुन लागेको नाट्टाको निर्वाचनमा होमिएका छन् । नाट्टाको यस पटकको चुनावमा अध्यक्षको निम्ति सिएन पाण्डे र दीपेन्द्र सर्मा घिमिरेले अध्यक्षको लागि उम्मेदवारी दिएका छन् । तर सबै कुराहरुलाई हेर्दा सिएन पाण्डेको टिम बलियो देखिएको छ ।

नाट्टालाई विशुद्ध व्यावसायिक संस्थाको रुपमा अघी बढाउने मान्यता बमोजिम यस पटकको चुनावमा अहिलेका प्रथम उपाध्यक्ष सिएन पाण्डे उम्मेदवारी घोषणाको क्रममा सबै पक्षलाई मिलाउने मान्यता बमोजिम निर्विरोध रुपमा नेतृत्व चयन गर्ने पक्षमा देखिएका भएपनि त्यो सम्भव नदेखिएपछि नेपालका अहिले पर्यटन क्षेत्रका अनुभवी र क्षमतावान् व्यक्तिहरुलाई लिएर निर्वाचनमा होमिएका छन् ।
पर्यटन क्षेत्रलाई व्यावसायिक क्षेत्रको रुपमा विकास गर्ने र राजनीतिक प्रभाव मुक्त नाट्टाको योजना सहित नाट्टालाई अघी बढाउने प्रतिवद्धता जनाएका सिएन पाण्डे एक सफल सङ्गठक तथा युवा उद्यमी हुन् ।

व्यावसायिक तवरबाट हेर्दा नेपालमा छोटो समयमा नै पर्यटन क्षेत्रमा राम्रो प्रगति हासिल गर्न सफल सिएन पाण्डेको नेतृत्वबाट पर्यटन उद्योगलाई विश्व बजारमा प्रवद्धन गर्न र राज्यलाई नीतिगत दवाव सृजना गर्नमा निकै महत्वपूर्ण हुने समेत देखिएको छ । यसैकारण नेपालको पर्यटन क्षेत्र सिएन पाण्डेको नेतृत्वमा निकै आशावादी छ ।

पर्यटनको क्षेत्रका समस्याहरुलाई निकै नजिकबाट बुझेका सिएन पाण्डे हाल सम्राट ग्रुप अफ टुरिजम इन्डष्ट्रिजका प्रमुख कार्यकारी अधिकृत हुन् । छोटो समयमा नै व्यावसायिक हिसाबले सिएन नेतृत्वमा पोखरा र चितवनमा ल्याण्डमार्क होटल सञ्चालन हुँदै आएको छ । आगामी दिनमा व्यावसायिक तवरबाट समेत निकै महत्वाकांक्षी योजनाहरु सिएन पाण्डेले अघी सार्दैछन् ।

नाट्टामा आफ्नो जित सुनिश्चित रहेको बताउँदै यसलाई व्यवसायीहरुको भोट मार्फत प्रमाणित गर्ने दिन टाढा नरहेको बताउँदै यस प्रति सबै ढुक्क रहन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij