काठमाडौं, पुस २४ । सिंहदरबार परिसरभित्र युवा तथा खेलकुद मन्त्रालयको भवन । त्यसको छतमा जस्ता र कपडाले बारेर बनाईएको सानो कटेरो । १४ पुसमा ४ महिना टेकेका दीपसागर राई पछिल्लो एक महिनादेखि त्यही कटेरोमै छन् ।
सिंहदरबारभित्रको एउटा मन्त्रालयको छतमा सिंगो दिन बिताउने बालक को होलान् ? चासो सबैको हुन सक्छ । यो खवर आजको कान्तिपुर दैनिकले छापेको छ ।

यसको पछि लुकेको बाध्यताको कथा सुन्दा जो कोहिको मन भने छुन्छ ।
मन्त्रालयमा ७ बर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत रश्मी राईका छोरा हुन् दीपसागर । जो आमो छातीमा टाँसिएर हरेक दिन मुलुकको प्रशासनि मुख्यालय पुग्छन् ।
त्यसपछि आमा दिनभर कार्यालयको काममा व्यस्त हुन्छिन् भने दीपसागर छतको एउटा कुनामा ओल्टो कोल्टो गरिरहन्छन् ।
पुको कठ्याँग्रिदो चिसोमा पनि छोरालाई छतमा राख्नु रश्मीको रहर भने होइन ।
छोरा जन्मेपछिद उनी २ महिना विदा बसिन् ।
त्यसपछि पनि कार्यालय नजाँदा करारको जागिर जाने डरले उनी दुईमहिने नाबालक च्यापेर मन्त्रालय जान थालिन् ।
त्यसयता हरेक दिन विहान करिव ९ बजे उनी अनामनगरस्थित डेराबाट छोरा र उनलाई चाहिने एक झोला सरसामान बाकेर मन्त्रालय धाउँछिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij