नेपालमा सामुदायिक कृषि प्रणालीमा आधारित रही पहिलो पटक सञ्चालनमा आएको चिया बगान हो माङ्मालुङ चिया बगान ।
नेपालको जंगली क्षेत्रलाई उपयोगमा ल्याउने उद्धेश्यको साथ सञ्चालनमा ल्याइएको यो चिया बगान करिब २५ सय रोपनी क्षेत्रफलमा फैलिएको छ ।
वि.सं २०४९ देखि सञ्चालनमा आएको यस चिया बगानलाई अहिले सम्म मुनाफामा लैजान नसकिएको भएपनि नियमित खर्च धान्न सक्ने अवस्था भने सृजना भएको छ ।
यस बर्ष ४ हजार किलो चिया उत्पादन गर्न सफल भएसँगै माङमालुङ चिया बगान यस बर्षको निम्ति आवश्यक खर्च व्यवस्थापन गर्न सफल भएको हो । हाल सम्म आइपुग्दा यस चिया बगानमा करिब ४ करोड रकम लगानी भइसकेको चिया बगानका संस्थापक अध्यक्ष धर्मानन्द राईले बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij