२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नेपाल श्रमिक आपूर्तिकर्ता संघबाट सेवा शुरूवात

नेपाल श्रमिक आपूर्तिकर्ता संघबाट सेवा शुरूवात

रामेश्वर  शाहको नेतृत्वमा नेपाल श्रमिक आपुर्तिकता संघ गठन भएको छ ।  ‘व्यवस्थित श्रम बजार — समृद्धीको आधार’ भन्ने मुल नाराको साथ गठन भएको संघले श्रमिकको हकहितका काम गर्ने जनाएको छ ।

श्रम तथा रोजगार मन्त्रीले उद्घाटन गरेका यस संघले देशको राष्ट्रिय अर्थतन्त्रलाई दरिलो पार्न ठोस योगदान पुर्याउने तथा व्यवसायीहरुको हकहित संरक्षण गर्ने पनि प्रेश विज्ञप्तीमा उल्लेख गरेको छ ।

संघ काठमाण्डौ महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई संचालनमा आएको हो । नेपाल सरकारले हालै श्रम ऐन २०७४ जारी गरेपछि संघ दर्ता हुने अवसर मिलेको हो । यस्तै प्रेश विज्ञप्तीमा श्रमिक आपूर्तिकर्ताहरुको अस्तित्वलाई नै संकटमा पुर्याउने प्रवाधान समेटिएको नियमवलीलाई छलफल गरेर मात्रै अन्तिम निष्कर्ष दिनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij