२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

उखु खरिदको समर्थन मूल्य तोक्न माग

उखु खरिदको समर्थन मूल्य तोक्न माग

प्रतिनिधिसभामा परासी–१ बाट निर्वाचित सांसद हृदयश त्रिपाठीले सरकारसंग उखु खरिदको समर्थन मूल्य तोक्न माग गरेका छन् । मधेसका नेता त्रिपाठीले बुधबार एक वक्तव्य जारी गर्दै उखु उत्पादक किसानले चीनी मिललाई उखु बेच्ने समय भइसक्दासम्म सरकारले समर्थन मूल्य नतोक्नु आश्चर्यजनक भएको बताएका छन् ।
‘उखु उत्पादक किसानले चीनी मिललाई उखु बेच्ने समय भइसक्दासम्म पनि सरकारले खरिदको समर्थन मुल्य नतोक्नु आश्चर्यजनक छ ।’

त्रिपाठीले भनेका छन ‘उखु उत्पादनको लागत ४० प्रतिशतले बढेको अवस्थामा चीनी मिल मालिकको प्रभावमा सरकाले मूल्य नतोक्नु अस्वभाविक हो, जसबाट किसान आहत भएका छन् । तसर्थ सरकारले अभिलम्व उखुको समर्थन मूल्य तोकोस भन्ने माग गर्दछु ।’

त्रिपाठीले अन्य विषयमा निर्णय लिन हतार गर्ने कृषिप्रधान मुलुकको रुपमा परिचित नेपालको सरकारले किसानको सरोकारको विषयमा वेवास्ता गर्नु कदापी उपयुक्त हुन नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij