२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मूल्यवृद्दिकाे विराेधमा अाज पनि विद्यार्थी संगठनहरूकाे संयुक्त अान्दाेलन

मूल्यवृद्दिकाे विराेधमा अाज पनि विद्यार्थी संगठनहरूकाे संयुक्त अान्दाेलन

पेट्राेलियम पदार्थकाे मूल्य वृद्दिकाे विराेधमा काठमाडाैंंमा अान्दाेलन चर्किएकाे छ । 

वाम निकट विद्यार्थी संगठनहरू अनेरास्ववियु, युवा संघ, अनेरास्ववियु (क्रान्तिकारी), वाइसिएल लगायतले अाज पनि काठमाडाैंकाे रत्नपार्क, बागबजार लगायतका क्षेत्रहरूमा दिनभर विराेध स्वरूप अान्दाेलन गरेका छन् ।

अारअार क्याम्पसबाट शुरू भएकाे विराेध र्याली पद्मकन्या माेड हुँदै पुतलीसडक, बागबजार, त्रिचन्द्र क्याम्पस लगायत परिक्रमा गरेर रत्नपार्कमा पुगेर काेणसभामा परिणत भएकाे थियाे । 

अाजकाे अान्दाेलनमा विद्यार्थीहरूकाे व्यापक उपस्थिति थियाे । मूल्य वृद्दि फिर्ता नलिए अान्दाेलनलार्इ थप सशक्त बनाउँदै लैजाने विद्यार्थी सङ्गठनहरूले बताएका छन् ।

मूल्यवृद्दिकाे विराेध विद्यार्थीहरूले मात्र गरेका छैनन् । ग्यास व्यवसायीहरू पनि मूल्यवृद्दिकाे विराेधमा छन् ।  ग्यास विक्रेता संघ माेरङले मूल्यवृद्दिसँग अाफूहरूलार्इ थप भार परेकाे भन्दै अाजबाट व्यवसायीहरू अान्दाेलनमा उत्रेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij