२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

“सुपर प्लस साईज मोडल नेपाल”को ट्रेनिङ सुरु 

“सुपर प्लस साईज मोडल नेपाल”को ट्रेनिङ सुरु 

काठमाडौँ । ओमनिया द हिडन बिउटिको प्रस्तुतिमा तथा युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको ईभेन्ट ब्यबस्थापनमा “सुपर प्लस साईज मोडल नेपाल–२०१८”  सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनिङ सुरु भएको छ l 
यस सौन्दर्य प्रतियोगितामा अबिबाहित तथा बिबाहित युवती तथा महिलाहरुले भाग लिएका छन् l यस सौन्दर्य प्रतियोगिता मार्फत प्लस साइज (मोटोपन) को कारणले निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधैं पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई उनीहरुको क्षमतालाइ अभिबृद्दि गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको ओमनिया द हिडन बिउटि कि संचालिका प्रियंका बोथ्राले जानकारी गराएकि छिन् ।
पच्चीस दिन लामो प्रशिक्षण सुरु गरिएको यस प्रतियोगितामा भाग लिने युवती तथा महिलाहरु १६ देखि ३५ बर्ष, उचाइ ४’८” र तौल ५५ केजी भन्दा माथिका प्रतियोगीहरु रहेका छन्  l यस सौन्दर्य प्रतियोगिताको बिजेताले नगद रु २५००० (पच्चीस हजार) सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन् l
प्रतियोगिताका लागि छनौट हुने प्लस साइज सुन्दरीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ, जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij