२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

सुमार्गी र सिराेहियाबीचकाे अन्तरयुद्द

सुमार्गी नेपाल फर्केपछि पूर्वप्रकाशित समाचारले लियाे फरक माेड

सुमार्गी नेपाल फर्केपछि पूर्वप्रकाशित समाचारले लियाे फरक माेड

काम विशेषले विदेश गएकाे परिवारकाे दावी

केही  समय अगाडि  एक राष्ट्रिय स्तरको पत्रिकामा आयको एउटा समाचारले निकै चर्चा पायो । जुन समाचार ब्याबसायी अजयराज सुमार्गीसँग सम्बन्धित थियाे । नेपालमा पक्राउको डरले सुमार्गी नेपाल छाडेर भागे भन्ने बिषयमा थियो उक्त समाचार । तर सुमार्गी  एकाएक काठमाडाैं फर्कियपछी समाचारको  तुक हराएको छ ।
       गत बिहीवार ब्यापारिक् कामका लागि भन्दै  सुमार्गी दुबइ गएका थिए । नेपालमा कान्तिपुर दैनिकका सन्चालक् कैलाश सिरोहियासँगको बिबाद उत्कर्शमा पुगेका बेला एकाएक आफ्नो ब्यक्तिगत कामको शिलशिला बोकेर दुबइ पुगेका सुमार्गिको बिदेश भ्रमणलार्इ  जोडेर कान्तिपुर दैनिक मार्फत अबैध रकम  बारे छानबिन गर्न प्रहरिले पक्राउ गर्ने तयारी गरेपछी सुमार्गी देसै छाडेर भागेको  दाबी सहित् समाचार प्रकासित भएको थियो ।
तर, सुमार्गीको पारिवारिक स्रोतले शनिबारनै समार्गी नेपाल आईसकेको पुष्टि गरिसकेको छ । अजेय सुमार्गीका भाई अरुणराज सुमार्गीले भने,  ‘अनर्गल प्रचार गर्नेहरुले बुझुन् अजयराज सुमार्गी देश छाडेर भाग्नु भएको थिएन ।’, उनले भने, ‘उहाँ पहिल्यै तय भइसकेको व्यावसायिक कामका लागि जानुभएको थियो, काम सकेर आइसक्नुभयो ।’
 
गएको हप्तादेखि अजेय सुमार्गी र कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियाबीचको झगडा छताछुल्ल भएको हो । निरन्तर वार्गे्निङ गरिहेका सिरोहियालाई आफूले पैसा नदिएपछि मिडिया  दुरुपयोग गर्दै सिरोहियाले आफ्नो चरित्र हत्या गरेको  सुमार्गीको आरोप छ । त्यति मात्र होईन व्यवसायी सुमार्गीले सिरोहियाबाट आफूलाई खतरा रहेको भन्दै प्रशासनमा उजुरी समेत दिएका थिए ।
सिरोहिया चरम आर्थिक संकटमा परेपछि उनकै आग्रहमा आफूले काठमाडौंको करिब ६ रोपनी जग्गा खरिद गरेको र आर्थिक स्थिति सुदृढ भएपछि र जग्गाको मूल्य वृद्धि भएपछि सिरोहियाले पूरानै मूल्यमा जग्गा फिर्ता गर्न दिएको दबाब अस्वीकार गरेपछि कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेका पत्रिका, रेडियो र टेलिभिजनमार्फत आफूविरुद्ध अनर्गल प्रचारबाजी गरेको आरोप सुमार्गीको छ ।
सुमार्गीले उजुरी दिएको भोलिपल्ट काम बिशेषले दुबई गएको अर्को दिन कान्तिपुरले समार्गी पक्राउ पर्ने डरले देश छोडे भन्ने समाचार प्रकाशन गरेको थियो । त्यति मात्र होईन उसले दुबईमा समेत सुमार्गी पक्राउ पर्न सक्ने कुरा पनि उख्लेख गरेकाे  थियो । तर, सुमार्गी न त भागेका रहेछन् न त पक्राउ नै परे । त्यो समाचार तथ्यहिन जस्तै हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij