काठमाडाैंकाे गाेलढुंगा स्थित सानाेपुल छेउमा कुलदेवता बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा अाएकाे छ । 
स्थानीय उद्याेगी, व्यवसायी लगायतकाे संलग्नतामा सहकारीलार्इ सञ्चालनमा ल्याइएकाे हाे ।
तत्काल करिब १८ लाख रकम लगानीमा सहकारी सञ्चालनमा अाएकाे उक्त सहकारीका अध्यक्ष केशव अधिकारीले सेताेघर डट कमलार्इ बताउनुभएकाे छ ।
स्थानीय तहका जनताहरूकाे सानाे सानाे रकम संकलन गरी अावश्यक परेकाे समयमा उनीहरूकाे निम्ति नै लगानी गर्ने मनसायले सहकारी स्थापना गरिएकाे र सेवाभावलार्इ विशेष जाेड दिइएकाे समेत अधिकारीले बताउनुभयाे ।
हाल करिब २५ जना व्यक्तिहरूले यस सहकारीजलार्इ सञ्चालनकाे निम्ति पुँजी रकम लगानी गरिसकेका छन् भने करिब १ महिनाकाे अवधिमा शेयर संकलनलार्इ तीब्र पारी ७० जना सम्म पुर्याउने याेजना रहेकाे समेत उहाँले बताउनुभयाे ।
अाज बाट पुजाअाजा सहित लड्डु वाँडेर विधिवत् रूपमा सञ्चालनमा ल्याइएकाे यस सहकारीमा स्थानीयहरूकाे निम्ति शेयर लगानीकाे निम्ति अाह्वान गरिएकाे छ ।
अहिले यस सहकारी संस्थामा उपाध्यक्ष बाबुराम गजुरेल, सचिव माेदराज कार्की, काेषाध्यक्ष गंगा तिमिल्सिना लगायत कार्यसमिति सदस्यहरूमा जल बहादुर तामाङ, बाेध राज कार्की, रामहरी न्याैपाने रहेका छन् ।
सहकारीले स्थानीय प्रतिष्ठित र सुपरिचित व्यक्तिहरूकै नेतृत्वमा सहकारी सञ्चालनमा अाएकाे कारण ढुक्क भइ रकम सङ्कलन गर्न अाग्रह गरेकाे छ ।
अाजै बाट सञ्चालनमा अाएकाे यस सहकारीमा काराेबारकाे पहिलाे दिन नै खाता खाेल्नेहरूकाे उल्लेख्य भीड रहेकाे थियाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij