२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बहसमा वाम एकता : ‘जबज र माओवाद छाड्दा मात्र एकता’

बहसमा वाम एकता : ‘जबज र माओवाद छाड्दा मात्र एकता’

एमाले र माओवादी केन्द्रबीच एकताको सैद्धान्तिक आधार के हुने भन्ने बहस चलिरहेका बेला एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले दुवै दलले अपनाउँदै आएका सिद्धान्त छाड्नुपर्ने प्रस्ताव गरेका छन् ।

एमालेले अपनाउँदै आएको  ‘जनताको बहुदलीय जनवाद (जबज)’ र माओवादीले भन्दै आएको ‘माओवाद’ को सिद्धान्त तत्कालका लागि थाती राखेर नयाँ सैद्धान्तिक आधार तयार गर्दा मात्र पार्टी एकता सम्भव हुने उनको धारणा छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

‘माओवादीले जबज मान्नुपर्छ भन्ने अडानमा एमाले र एमालेले माओवाद स्वीकार्नुपर्छ भन्नेमा माओवादी रहेसम्म पार्टी एकता हुन सक्दैन,’ नेपाल अध्ययन केन्द्रद्वारा आइतबार राजधानीमा आयोजित ‘वामपन्थी एकताको आधार’ विषयक बहसमा माओवादी नेता श्रेष्ठले भने, ‘माओवाद र जबज दुवैलाई अहिले ड्रप गरेर जानुपर्छ।’ उनले दुवै दलले माक्र्सवाद–लेनिनवादको सिद्धान्त मानेकाले त्यसलाई मूल आधार मानेर नयाँ परिवेशअनुसार कसरी अघि बढ्ने भन्ने सैद्धान्तिक बाटो तय गर्नुपर्ने औंल्याए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij