२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बिजुलीमा बढ्दै परनिर्भरता, १४० मेगावाट थपिने

बिजुलीमा बढ्दै परनिर्भरता, १४० मेगावाट थपिने

बिजुलीमा भारतसितको परनिर्भरता बर्सेनि बढ्दै गएको छ ।

विद्युत् प्राधिकरणले लोडसेडिङ हुन नदिन यस वर्षको हिउँदमा ४७० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ ।

अघिल्लो वर्षको हिउँदमा ३९५ मेगावाटसम्म आयात गरेको थियो । २०७२ मा करिब ३०० मेगावाट आयात भएको थियो । मागअनुसार सरकार र निजी क्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्न नसकेकाले बर्सेनि परनिर्भता बढेको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।

१४० मेगावाट थपिने
यस आर्थिक वर्षमा कुल १५० मेगावाट बिजुली थपिने प्राधिकरणले अनुमान गरे पनि १४० मेगावाट मात्र थपिने भएको छ ।
निजी क्षेत्रका ८ आयोजनाबाट ३९ मेगावाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा थपिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij