२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गलत सन्देश जाने सर्ट मुभीमा अभिनय गर्न सतर्कता अपनाउँदै लक्ष्मी लामा

गलत सन्देश जाने सर्ट मुभीमा अभिनय गर्न सतर्कता अपनाउँदै लक्ष्मी लामा

मोडल कलाकार लक्ष्मी लामा जोडदार अभिनय क्षमताका कारण दर्शकको रोजाइमा छिन ।उनले केही समयपहिले केहि सर्ट मुभीमा पनि अभिनय गरिन ।तर नकारात्मक प्रतिक्रिया पाइन ।अब उनी यस्ता सर्ट मुभीमा अभिनय नगर्ने मुडमा छिन ।भन्छिन कलाकारले त अभिनय गर्ने हो ।यहीँ क्षमताले कलाकार स्थापित पनि हुन्छ ।म यहीँ कुरा सिद्ध गर्न चाहन्छु जुन कुराले समाजमा सकारात्मक छाप छोडोस् ।

मकवानपुर ग्रामीण इलाका भिमफेदीमा जन्मेकी लामाले केहि म्युजिक भिडियो र सिरियलमा अभिनय गरेकी छिन ।सालिन स्वभावकि लामा जस्तोसुकै अभिनय सहज रूपमा गर्छिन ।ललितपुरमा बसोबास गर्ने र कलेज अध्ययन गर्ने लामा फुलटाइम कला क्षेत्रमा बिताउने सोचमा छिन् । मेरो सानो उमेरदेखीकै लक्ष्य कलाकारिता हो । चाहेर पनि यो क्षेत्र छोड्न सक्दिन ।उनलेे भनिन् -अब त नसा-नसामा मेरो कलाको बिस्तार भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij