नेपालमा विगत १० बर्ष देखि कफीकै दानामा डुबेर यसै क्षेत्रमा नै समर्पित हुँदै आएका व्यक्ति हुन् अर्जुन चौहान । हाल गौशाला स्थित हाइल्याण्ड विन्स कफी शप सञ्चालन गर्दै आएका उनले पछिल्लो ३ बर्षमा भने एक सफल युवा उद्यमीको रुपमा पहिचान बनाइसकेका छन् ।

३ बर्ष पहिले कफी शप सञ्चालकको रुपमा शुरु भएको उनको व्यवसाय अहिले ग्रुप अफ विजनेशको रुपमा अघी बढ्ने क्रममा छ । हाल उनले भक्तपुरमा हाइल्याण्ड बेकरी पनि सञ्चालन गर्दै आएका छन् । अन्य साथीहरु कुशल गिरी र दुर्गा बहादुर श्रेष्ठ लगायत सँगको सहकार्यमा अघी बढेको उनको व्यावसायिक यात्रा नेपालको निम्ति हामी जस्ता युवाहरु जागेर र अन्यलाई समेत जगाएर हामीले हाम्रै लागि केही गर्नुपर्छ भन्ने मान्यताले अघी बढेको छ ।
नेपालमा हाल हिमालयन जाभा, वरिस्ता लवाजा लगायतका ठूला कफी शपहरु हुँदाहुँदै पनि नेपालमा कफी क्षेत्रको बजार खाली नै रहेको र अझै धेरै अवसरहरु भएको कारण ती अवसर र सम्भावनाहरु बीच आफू व्यवस्थित तवरले अघी बढे आफ्नो अनुकुल बनाउन सकिन्छ भन्ने मान्यतामा छन् चौहान । हाल उनको यस व्यावसायिक समूह अन्तरगत कफी सम्बन्धी सीप सिकाउनको निम्ति टे«निङ सेन्टर तथा कफीको क्षेत्रमा आवश्यक इक्विपमेन्टहरु आयात लगायतका कामहरु समेत हुँदै आएका छन् । आफ्ना कामहरु बारे बताउँदै चौहानले भने, ‘कफीलाई चाहिने सि देखि इ (कफी देखि इक्युपमेन्ट)को काम हामीले गर्दै आएका छौं ।’
हाल नेपालमा इक्विपमेन्टहरु भित्र्याउनको निम्ति भने विकास भण्डारीले सहयोग गर्दै आउनुभएको छ । 
जागरुक युवा :
शुरुका दिनमा हिमालयन जाभामा लामो समय काम गर्नुभएका चौहान आफैंले केही गर्नुपर्छ भन्ने मान्यता बमोजिम आफैंले हाइल्याण्ड बिन्स शुरु गरेका हुन् । अहिले आफैंले व्यवसाय शुरु गरेको पनि अहिले ३ बर्ष भइसकेको छ ।
नेपालका युवाहरुलाई समयलाई आफ्नो अनुकुल प्रयोगमा ल्याउन र सुतेर समय नबिताउन सल्लाह दिने उनी नेपालमा नै प्रयाप्त सम्भावना भएको समेत उनी बताउँछन् । त्यसै बमोजिम उनी निरन्तर रुपमा आफ्नो यात्रामा आफू मात्र बढेका छैनन्, अन्य युवाहरुलाई पनि उत्प्रेरित गरिरहेका छन् ।
व्यावसायिक सञ्जाल :
धेरै नेपालीहरुलाई सचेत र जागरुक बनाइरहेका चौहान अन्तरगत अहिले आफ्नो टिममा कर्मचारी तथा लगानीकर्ताहरु सहित ५६ जनाको वृहद टिम सङ्गठित भइसकेको छ । नेपालमा युवाहरु रोजगारीको अभावमा विदेशिइरहेको अवसरमा आफूहरुले यहीँ नै युवा, उद्यमशिलता र राष्ट्रको लागि आफू पनि टिक्दै प्रेरणामूलक तवरले काम गर्न पाएकोमा चौहान पनि सन्तुष्ट र खुसी छन् । हाल उनको कफी शप व्यवसाय भक्तपुर, बत्तिसपुतली लगायत विभिन्न ५ ठाऊँमा विस्तार भएको छ ।
शुरुको लगानी :
शुरुको दिनमा १३ लाखको लगानीमा शुरु भएको यो व्यवसायको लगानी अहिले करिब अढाई २ करोड माथि पुगिसकेको छ । विगत ६ महिना पहिले देखि यस गु्रप अन्तरगत वेकरी शुरु भएको हो । हाइल्याण्ड बेकरी नाम दिइएको यस गु्रपबाट उत्पादित बेकरीले सामान्य तवरले चल्ने १५ ओटा कफी शपलाई आफ्ना उत्पादन आपुर्ति गर्ने क्षमता राख्छ ।
साथै यस समूहबाट सञ्चालित टे«निङ सेन्टर हाइल्याण्ड विन्स एण्ड वरिस्ता कफी स्कुल हो । कफी स्कुललाई पाटनमा पनि विस्तार गर्ने योजनामा चौहान नेतृत्वको समूह छ ।
प्रतिष्पर्धा ः
बजारमा प्रतिष्पर्धा छ । तर आफू कहिल्यै पनि प्रतिष्पर्धामा जान तयार नहुने चौहानले बताउनुभयो । प्रतिष्पर्धाको विकल्छ छ । त्यो भनेको आफ्नो पृथकता र आपसी सहकार्य हो । यसले जहिले पनि आफूलाई माथि नै उठाउँछ । तर प्रतिष्पर्धाले भने अघी जाने क्रममा वाधाहरु पनि सृजना गर्ने सम्भावना रहन्छ ।
कफी प्रचलन बढ्नुको कारण :
नेपालमा पछिल्लो समय मादक पदार्थ सेवनमा कडाई गरेको कारण अहिले पिउने प्रचलन बढेको चौहानको बुझाई छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij