२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मेडिसनहरुबारे सर्च गर्नुपरे Medsaala.com

मेडिसनहरुबारे सर्च गर्नुपरे Medsaala.com

सन् २०१७ को मार्च महिनामा सेवा सुरु भएको Medsaala.com (मेडशाला डट कम) नेपालको एक मात्र औषधीहरुको सर्च इन्जिन  medicinal search engine हो । Search your medicines here.. र  A home of your medicine लाई यस कम्पनीको दुईवटा मुख्य नारा दिईएको छ । र सुचना संकलनको हिसाबले यो नेपालको सबैभन्दा ठुलो मेडिसिन सर्च ईन्जिन हो ।

औषधिहरुको जानकारीहरु, स्वास्थ क्षेत्रका रोजगारीका सुचनाहरु, स्वास्थ्य क्षेत्रका समाचारहरु, औषधी कम्पनीका विवरणहरु आदिको जानकारी Medsaala.com मा निःशुल्क प्राप्त गर्न सकिन्छ । Medsaala का संस्थापक सन्तोष तिवारी, ब्याचलर्स इन फार्मेशी अध्ययनरत २४ बर्षे युवा हुन उनी यही देशमा नै केहि नयाँ गर्नुपर्छ भनेर लागिपरेका छन् ।

Medsaala.com ले प्रथम १० महिना पार गरिरहँदा पनि यो नेपालको एक मात्र र भरपर्दो औषधीहरुको सर्च इन्जिन (medicinal search engine) को रुपमा आफुलाई विकाश गरिरहेको छ । यसमा औषधिका सुचना खोजी गर्न उक्त औषधीको Brand Name तथा Generic Name (composition) दुबै खोजी गर्न सकिन्छ ।

डाक्टर, फर्मासिस्ट, नर्स, औषधी कम्पनी, अस्पताल, फार्मेशी, क्लिनीक आदिले यसबाट लाभ लिन सक्दछन् । साथै स्वास्थ्य विज्ञान संकायका विद्यार्थीहरु, रोजगारीको अवसर खोजी गरिरहनुभएका व्यक्तिहरु समेतले यस साईटबाट निःशुल्क लाभ लिन सक्नुहुनेछ ।

निकट भविष्यमा दक्षिण एशिया लगायत अन्य देशमा उत्पादन भएका औषधीहरु समेत थप गर्ने र साथै अनलाईन फार्मेसी सेवा समेत सञ्चालन गर्ने योजना कम्पनीको लक्ष्य भित्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij