२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नेविसंघ राष्ट्रपतिविरुद्ध सडक अन्दोलनमा

नेविसंघ राष्ट्रपतिविरुद्ध सडक अन्दोलनमा

दीपक घिमिरे l काठमाडौँ,९ पुस। नेपाल विद्यार्थी संघले राष्ट्रपतिले अध्यादेश रोकेर देशलाई बन्धक बनाएको भन्दै दबाब स्वरुप सडक संघर्ष शुरु गरेको छ । राजधानीमा आइतबार नेविसंघ केन्द्रिय समितिको आयोजनामा भएको दबाबमुलक ¥यालीमार्फत अध्यादेश पास गर्न राष्ट्रपतिलाई आह्वान गरेको हो ।

नेविसंघका केन्द्रिय महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विश्वभाषा क्याम्पसबाट निस्किएको ¥यालीले शान्तिबाटिकामा पुगेर कोणसभा गर्दे देशलाई बन्धक बनाउन राष्टपति उद्धत रहेको आरोपनि लगाएको छ । ¥यालीपछि आयोजित कोणसभालाई संबोधन गर्दै महामन्त्री काफ्लेले संविधानले राष्ट्रपतिलाई सेरोमोनियलको हैसियद दिएकोले त्यही अनुसार काम गर्न आग्रह गरे । सभालाई नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी साथै विद्यार्थी नेताहरु राजेश रौनियार, बलदेब तिमल्सिना युवराज पाण्डे, रत्नहरी ढुङ्गेल , डोजाङ शेर्पा , बिपिन अधिकारी, तुलसी आचार्य लयायतले संबोधन गन गरेका थिए । राष्टपतिको हस्तक्षपकारी कामहरु अझै नसच्चिए नेविसंघले अझ शसक्त आन्दोलन गर्दै जाने केन्द्रिय सदस्य शुसिल भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij