२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

चिनले माग्यो ३२ महिनादेखि बन्द तातोपानी नाका सुरक्षा योजना

चिनले माग्यो ३२ महिनादेखि बन्द तातोपानी नाका सुरक्षा योजना

चिनियाँ अधिकारीले नेपालसँग ३२ महिनादेखि बन्द तातोपानी नाकाको संयुक्त सुरक्षा योजना माग गरेका छन् । दुवै मुलुकका सीमा अधिकारीबीच तिब्बतको खासामा शनिबार भएको बैठकमा चिनियाँ पक्षले सूचना आदानप्रदान र सुरक्षासम्बन्धी योजना मागेको हो ।

तातोपानी नाका खोल्ने विषय केन्द्रीय सरकारले निर्णय गर्ने जानकारी दिँदै उनीहरूले सीमा सुरक्षाको खाकामा जोड दिएको बैठकमा सहभागी एक नेपाली अधिकारीले बताए । बैठकमा सहभागी नेपाली टोलीका प्रमुख तथा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार चिनियाँ अधिकारीले ‘ज्वाइन्ट कमान्ड मेकानिजम एग्रिमेन्ट’ प्रस्ताव राखेका थिए ।

उनीहरूले तपाईंहरूको योजना के छ भनेर जानकारी लिन खोजेका थिए । प्रजिअ तामाङको टोलीले यस्तो खाका र संयुक्त सुरक्षा खाकाको स्वीकृति गृह मन्त्रालयबाट मात्र पाउन सकिने जनाउ दिएका थिए । ‘चिनियाँ अधिकारीले राखेको ज्वाइन्ट कमान्डको विषयलाई हामीले माथिल्लो तहमै कुरा गर्न भन्यौं,’ तामाङले भने, ‘सीमाको सुरक्षा र नाका सञ्चालनको विषयमा छलफल भएको थियो ।,आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij