ग्रामीण आदर्श बहुमुखी क्याम्पसको संयुक्त वाम वनभोज कार्यक्रम आज सम्पन्न भएको छ । चाँगुनारायण क्षेत्रमा भएको वनभोज कार्यक्रममा अनेरास्ववियुकी अध्यक्ष नविना लामा तथा अखिल क्रान्तिरकारीका अध्यक्ष रञ्जित तामाङले अतिथिको रुपमा आफ्नो मञ्तव्य राखेका थिए ।

कार्यक्रमको मुख्य संयोजन अनेरास्ववियु ग्रामीण क्याम्पसका अध्यक्ष वाबुराम कुवँरले गरेका थिए । वनभोज कार्यक्रममा २ सय भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको अनुमान गरिएको थियो ।
कार्यक्रममा ग्रामीण क्याम्पसका विद्यार्थी नेताहरु बाबुराम कुवँर र विनाेद अधिकारीले समानुपातिकको तर्फबाट प्रतिनिधिसभामा सांसदको निम्ति नाम सिफारिस भएकोमा बधाईं दिँदै खादा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा अतिथि नविना लामाले मुलुकभर वामगठबन्धनको संयुक्त प्रयाशबाट पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभामा वामपन्थी शक्तिहरु अघी आएको अवस्थामा तल्लो तह सम्म नै दुई शक्तिहरु एक हुनुपर्ने बताउनुभयो । साथै सम्भवतः वाम वनभोज कार्यक्रम काठमाडौंमा पहिलो नै हुन सक्ने बताउँदै संयुक्त रुपमा वनभोज आयोजना गरिएकोमा आयोजकहरुलाई विशेष कृतज्ञता प्रकट गर्नुभयो । आगामी दिनमा पनि २ शक्तिहरु मिलेर शशक्त र गर्विलो इतिहास कायम गर्नेगरी अघी बढ्न हौसला समेत दिनुभएको छ ।

यसैगरी अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले अबको संयुक्त यात्राले अहिलेको निर्वाचनको परिणाम जसरी नै विद्यार्थी राजनीति पनि अघी बढ्नुपर्ने कुरामा जोड दिनुभएको छ । ऊहाँले भन्नुभयो, ‘विद्यार्थीका हकहित र अधिकारलाई एउटै मञ्चबाट सम्बोधन गर्ने उद्धेश्यले हामी आजको यस कार्यक्रममा सहभागि भएका हौं ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij