२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

जेसीजको महाधिवेसन भैरहवामा, तयारी अन्तिम चरणमा

जेसीजको महाधिवेसन भैरहवामा, तयारी अन्तिम चरणमा

भैरहवा । जेसीआई सिद्धार्थले आयोजना गर्ने महाधिवेसनले ५ नम्बर प्रदेशकै मुलद्धार भैरहवा भन्सार, सेज, विश्व पर्यटनको केन्द्र लुम्बिनी, तथा विभिन्न उद्योग व्यापारको प्रबद्र्धन गर्ने साथै नयाँ नयाँ सोच र चिन्तनका साथ अगाडी बढ्न समुहगत प्रेरणा प्रदान गर्ने अपेक्षा लिइएको छ । नेपालमा १९६४ मा स्थापना भएको नेपाल जेसीजको अहिले देशभरी १३८ वटा शाखा रहेका छन् । महाधिवेशन सम्पन्न गर्न करिब १ करोड ३५ लाख खर्च हुने र आम्दानी तर्फ रजिस्ट्रेशन एवं विज्ञापनदाताको सहयोग रहेको आयोजकले बताएका छन् ।

भैरहवामा आउने प्रतिनिधि र पर्यबेक्षकको लागि सबैभन्दा राम्रो आतिथ्यता गर्नेगरी तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । नेपाल जेसीजको नयां नेतृत्वको लागि रामग्राम जेसीजका पुर्व अध्यक्ष श्रीधर बस्याल र इटहरी जेसीजका पुर्व अध्यक्ष महेश पौडेलको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij