काठमाडौँ । नेपाली काँग्रेसको तर्फबाट रसुवाबाट प्रतिनिधी सभाको निर्वाचन जित्नुभएका सांसद मोहन आचार्यले शनिबार काठमाडौँमा बसेका रसुवाका मतदातालाई धन्यवाद दिन कार्यक्रम गर्दै हुनुहुन्छ ।

उहाँले काठमाडौँमा छरिएर रहेका मतदातालाई एकठाँउमा जम्मा पारेर धन्यवाद दिनका लागि शनिबार बसुन्धराको पानस वैंकटमा धन्यवाद कार्यक्रमको आयोजना गर्नुभएको हो । लामो समयदेखि रसुवाको विकासमा लाग्नुभएका इन्जीनीयर मोहन आचार्यले मंसीर १० गतेको निर्वाचनमा प्रतिस्पर्धीलाई अत्याधिक मतले पछाडि पार्दै विजयी हुनुभएको हो ।
उहाँले भेलामा रसुवाको विकासका लागि रसुवाली जनताको भावना, राय, सुझावलाई समेत सुन्ने कार्यक्रम रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij