२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

छाेटाे अवधिमा राम्राे बजार विस्तारकाे याेजनामा मण्डला बेकरी

छाेटाे अवधिमा राम्राे बजार विस्तारकाे याेजनामा मण्डला बेकरी

प्रविण पौडेल, अध्यक्ष, मण्डला बेकरी  (नयाँबजार)

काठमाडौंको व्यस्त क्षेत्रको रुपमा परिचित क्षेत्रकै रुपमा बालाजु पनि पर्ने गर्छ । बालाजु स्थित नयाँबजार प्रवेश गर्ने बाग्मती पुलकै छेउमा व्यावसायिक समूह भ्याली कोल्ड स्टोरको भुईं तल्लामा विशेष व्यवस्थापन सहित मण्डला बेकरी एण्ड कफी शप सञ्चालनमा रहँदै आएको छ ।

यसै बर्षको बैशाख देखि सञ्चालनमा आएको उक्त बेकरी १ बर्ष भित्रमा नै कम्तीमा २-३ ओटा थप आउटलेटहरु समेत सञ्चालन गर्ने योजनाको साथ सञ्चालनमा आएको मण्डला वेकरीका अध्यक्ष प्रविण पौडेलले बताए ।
पौडेलका अनुसार मण्डला बेकरी हाउसले गुणस्तरीय खाद्यवस्तुहरुको उचित संयोजन सहित विभिन्न केक तथा वेकरीजन्य वस्तुहरु बजारमा उपलब्ध गराउँदै आएको छ । हाल यी वेकरीजन्य उत्पादनहरु काठमाडौंको बालाजु ठमेल, नयाँ बसपार्क लगायतका क्षेत्रहरुमा विक्री हुँदै आएका छन् ।

ग्राहकको मन जित्न सफल :
शुरुमा प्रतिष्पर्धात्मक बजारमा नयाँ उत्पादनलाई बजारमा विक्री गर्न गाह्रो पर्ने भएपनि एकपटक आफूहरुले उत्पादन गरेको बेकरीजन्य वस्तुहरुको स्वाद लिइसकेका व्यक्तिहरुले भने पछि पुनः आफूले नै उत्पादन गरेका वेकरी नै प्रयोग गर्ने उपभोक्ताहरुको कारण आफूलाई सन्तुष्टि मिलेको पौडेलले बताए । आफूहरुको ग्राहक सेवा स्तरीय रहेको र सबै प्रति गुणस्तरीयतामा विशेष ध्यान दिएको कारण छोटो समयमा नै ग्राहकहरुको मन जित्न आफ्ना उत्पादनहरु सफल रहेको पौडेल बताउँछन् ।

वेकरीको क्षेत्रमा यसरी प्रवेश गरेका थिए पौडेल :
होटल म्यानेजमेन्ट विषय नै लिएर अध्ययन गरेका पौडेल बाग्लुङबाट २०६४ मा काठमाडौं प्रवेश गरेका हुन् । त्यस पश्चात् उनले होटलको क्षेत्रमा निकै सङ्घर्षपूर्ण लामो अनुभव समेटेका छन् । एभरेष्ट होटल, गोकर्ण फरेष्ट रिसोर्ट, होटल वैशाली लगायतका विभिन्न चर्चित होटलहरुमा समेत कार्य अनुभव समेटिसकेका पौडेल वि.सं २०४८ को कात्तिकमा बाग्लुङ नगरपालिका वडा नम्बर १४ स्थित नारायणस्थानमा जन्मिएका हुन् ।

पोखरा स्थित एभरेष्ट इन्ष्टिच्युटका समेत सञ्चालक ः
२ बर्ष सिटिइभिटीमा काम गरी सरकारी जागिरको समेत अनुभव लिएका उनले साथीहरु महेश श्रेष्ठ र मुकेश गुरुङ सँगको सहकार्यमा पोखरामा एभरेष्ट इन्ष्टिच्युट अफ होटल म्यानेजमेन्ट नामक इन्ष्टिच्युट समेत सञ्चालन गर्दै आएका छन् । जुन पोखराको महेन्द्रपुल स्थित सञ्चालनमा छ भने स्थापनाको छोटो अवधिमा नै पोखरा क्षेत्रको दोस्रो ठूलो र चर्चिच इन्ष्टिच्युटको रुपमा नाम कमाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij