२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

अामाकाे शक्ति

अामाकाे शक्ति

पुरूषाेत्तम पाैडेल, रसुवा

आमा बनेर नारी जन्माउँछिन् हामीलाई

कष्ट खपेर लाखौं हुर्काउछिन हामीलाई

 

कैले जननी बन्दै कैले बन्दै साथी सङ्गी

अनेक रुपको लिला चखाउँछिन् हामीलाई

 

हुन्न अस्तित्व कुनै कतै पनि उनी बिना

ज्ञान बनेर स्वयं जगाउछिन हामीलाई

 

कस्मा शक्ति छ यस्तो पीडा भुली हास्न सक्ने

आफू बाँचेर भोकै खुवाउँछिन् हामीलाई

 

उन्को मायामा सधैं इश्वर पनि लठ्ठ हुन्छन्
उनी आफैमा सृष्टि रचाउँछिन हामीलाई
पुरुषोत्तम पौडेल “रसुवा”

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij