२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बैंकको रकम हिनामिना प्रकरणमा सेनाका बहालवाला सहायक रथी डा. रमेश पनि मुछिए

बैंकको रकम हिनामिना प्रकरणमा सेनाका बहालवाला सहायक रथी डा. रमेश पनि मुछिए

सरकारले चामलमा थप सूक्ष्म पोषक तत्त्व मिलाएर कुपोषणको समस्या कम गर्ने तयारी गरेको छ । सरकारले यसका लागि कार्ययोजना बनाउन लागेको छ । दिनहुँ खाने भातका माध्यमले विभिन्न भिटामिन, आइरन, क्याल्सियमलगायत सूक्ष्म पोषक तत्त्वको कमीलाई पूरा गर्न कार्ययोजना बनाउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । 

आयोडिनको कमीले गलगाँड देखिने समस्या कम गर्न नुनमा अनिवार्य रूपले आयोडिन मिसाएर प्रचलनमा ल्याएजस्तै सरकारले चामलमा ‘फोर्टिफिकेसन’ अर्थात् सूक्ष्म पोषक तत्त्व मिलाएर उपयोगमा ल्याउने तयारी गरेको हो ।

चामलको फोर्टिफिकेसनबारे सोमबार राजधानीमा आयोजित कार्यक्रममा विज्ञहरूले नेपालमा गम्भीर जनस्वास्थ्य समस्याका रूपमा देखिएको पोषक एवं सूक्ष्म पोषक तत्त्वसम्बन्धी कुपोषण कम गर्न नयाँ कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।

दुई दिने कार्यक्रम राष्ट्र्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा बाल स्वास्थ्य महाशाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य संस्थानले गरेका हुन् ।, यो  खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij