।
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यकाे निम्ति नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी ५० हजार ८ सय ३७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नेता डा. रामबहादुर बिसीले ३२ हजार ५ सय ४४ मत प्राप्त गरी पराजित भए । नेता रायमाझीले डा. बिसीलाई १८ हजार २ सय ९२ को भारी मतान्तरले पराजित गरे । नेता रायमाझी सुरु देखि नै डा. बिसीलाई पछाडि पार्दै लिड गरीरहेका थिए ।
यसैगरी प्रदेश सभाका २ वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रदेशसभा क्षेत्र नं ‘क’ मा नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले २४ हजार ७ सय ५१ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्दी कांग्रेसका जिल्ला सभापती बिष्णुप्रसाद खनाल मुस्कानले १४ हजार १ सय ३७ मत प्राप्त गरी पराजित भए । आचार्यले खनाललाई १० हजार ६ सय १५ मतले पछि पारेर निर्वाचित भए ।
यस्तै प्रदेशसभा ‘ख’ मा नेकपा एमालेका नेता रामजीप्रसाद घिमिरे २६ हजार १ सय ५९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हिम्मतबहादुर टण्डन क्षेत्रीले १७ हजार २ सय २३ मत प्राप्त गरी पराजित भए । घिमिरेले क्षेत्रीलाई ८ हजार ९ सय ३६ मतले पछि पारे ।

जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा आँखा चुनाव चिन्ह लिएर उमेद्वार बनेका छन्दबहादुर पन्थीको ५ सय ८०, हलो चुनाव चिन्ह लिएका भोजराज दमासेको १ सय ७८, कुखुराको भाले चुनाव चिन्ह लिएका बिष्णु कुमार गुरुङ्गको १ सय ३७, तराजु चुनाव चिन्ह भएका बिष्णुप्रसाद भुसालको ४ सय ८० र स्वतन्त्र उम्मेद्वार डिल्लीराज भुसालको १ सय ३६ मत आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij