२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

पाठेघरको क्यान्सरविरुद्व खोप सुरु गर्ने तयारीमा सरकार

पाठेघरको क्यान्सरविरुद्व खोप सुरु गर्ने तयारीमा सरकार

पाठेघर क्यान्सर रोगीको संख्या बढ्दै गइरहेको बेला सरकार यसको नियन्त्रणका लागि नयाँ रणनीतिका साथ अघि बढेको छ । स्वास्थ्य

भण्डारीका अनुसार पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दुई मात्रामा पुरा हुन्छ । एक जनालाई खोप लगाउनको लागि १० हजार रुपैया खर्च हुने महाशाखाको भनाई छ । खोप केहि महंगो भएपनि समयमै लगाउन सके पाठेघरको मुखको क्यान्सरबाट बचाउन सकिने भण्डारीको भनाई छ । महाशाखाका अनुसार महिलाको पाठेघर मुखको क्यान्सर विरुद्ध लगाइने खोपलाई पनि राष्ट्रिय कार्यक्रममा राखिने छ ।

महिलाहरुमा हुने क्यान्सर मध्ये सबै भन्दा धेरै पाठेघरको मुखको क्यान्सर भएको बताइन्छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस ९एचपीभी० को संक्रमणको कारण हुन्छ । विश्व स्वास्थ्य संघको एक तथ्यांकअनुसार यो रोगबाट वर्षैनी २ लाख ७० हजार भन्दा बढी महिलाहरुको अकालमै मृत्यु हुने गरेको छ । जसमा ८५ प्रतिशत कम विकसित अर्थात नेपाल जस्तो देशहरु पर्दछन् ।

नेपालमा बार्षिक १० हजारको हाराहारीमा पाठेघर मुखको क्यान्सरका नयाँ विरामीहरु थपिने गरेको देखिएको महाशाखाका अधिकारीहरु बताउँछन् ।

यसकारण हुन्छ महिलाको पाठेघरमा मुखको क्यान्सर

पाठेघरको मुखमा एचपिभी भाइरस प्रवेश गरेको छ भने यौनसम्पर्क सुरु भएपछि असर देखिन सुरु हुन्छ । सेतो पानी बग्ने र योनी चिलाउने जस्ता पाठेघरको मुखको क्यान्सरका लक्षण भएको चिकित्सकहरु बताउँछन् ।

यो ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी० को संक्षमणले हुने क्यान्सर हो । यो संक्रमणले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्ने गर्छ । संक्रमण भएको ८ देखि १० वर्ष पछि क्यान्सरमा परिणत हुन्छ । महिलालाई पाठेघरको मुखमा क्यान्सर भएन–भएको बारे ‘प्याप स्मेयर टेस्ट’ अर्थात गर्भाशय श्राव परीक्षण गरेर पत्ता लगाउन सकिन्छ । यो विधि पाठेघरको कोषिकामा सामान्य अवस्थामा रहे नहरेको पत्ता लगाउने एउटा सरल र छरितो विधि भएको चिकित्सकहरुको भनाई छ ।

परीक्षणको समयमा पाठेघरको क्यान्सर कुन अवस्थामा छ भन्ने जानकारी लिन सकिन्छ ।

समयमानै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेमा रोग निको हुन्छ । सानै उमेरमा विवाह गरेमा, असुरक्षित र सानै उमेरमा यौनसम्बन्ध राखेमा, धेरै बच्चा जन्माएमा, धेरै गर्भधारण गरेमा यो रोग लाग्ने बढी खतरा रहने चिकित्सक जय जोशीले बताए । धूमपान गरेको महिलालाई पनि पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुने उनको भनाई छ । यस्तै ५ वर्ष भन्दा बढी हर्मोनयुक्त परिवार नियोजनको साधन प्रयोग गरेका महिलामा पनि क्यान्सरको जोखिम हुन्छ ।

पाठेघरको मुखको क्यान्सरको लक्षण

–यौन सम्पर्क गर्दा रगत देखिने ।
–महिनावारी नभएको समयमा पनि रगत देखिने ।
–सेतो गन्हाउने पानी आउने ।
–सानो पेट दुखिरहने ।
–ढाड दुख्ने ।
–थकाई लाग्ने ।
–लामो समयसम्म खोकी निको नहुने ।
–स्वर परिवर्तन हुने ।
–दिशा वा पिसाब अन्य समय भन्दा फरक समयमा हुने ।
–महिलाको तौल घट्दै जानु पाठेघरको मुखमा हुने क्यान्सरको लक्षणहरु हुन ।

सेवा विभाग बालस्वास्थ्य महाशाखाले अबको दुई वर्षमा महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोप सुरु गरिने जनाएको छ ।

तयारी स्वरुप सरकारले सन् २०१५— ०१६ मा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोपको कास्की र चितवनमा पाइलोटिङक गरेको थियो । महाशाखाका खोप अधिकृत भरत भण्डारीले खोप ९ वर्षदेखि १३ वर्ष उमेरको बालिकालाई लगाइने तयारीका साथ अघि बढिएको जानकारी दिए । पाइलोटिङको क्रममा पनि ९ वर्षदेखि १३ वर्ष सम्मका १३ हजार बालिकालाई खोप लगाइएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij