दीपक घिमिरे, नुवाकाेट ।
यतिबेला नुवाकोटका नेताहरूमा चुनाव सारगर्मी बढेको छ । नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा रामशरण महतले नुवाकोटका जनता सामु आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन । नेपाली कांग्रेसको वरिष्ठ नेता एवं पूर्व अर्थमन्त्री महतले नुवाकोटको विकास र समृद्धिको निम्ति अाफ्ना एजेण्डाहरु सार्वजनिक गरेका हुन् ।
नेता महतले मुलुकको हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेसको नेतृत्वमा नै लोकतान्त्रिक नेपालको समुचित विकास र समृद्धिको
अभियान अघि बढ्ने विश्वास व्यक्त गरेका छन् l मुलुकको विकासमा नेपाली काँग्रेसले खेलेको भूमिकाको नेपाली जनताले उच्च मूल्यांकन गर्ने समय आएको पनी बताए ।
हिजो राजधानीमा भएको एक कार्यक्रममा नेता महतले भने “कांग्रेसकै नेतृत्वमा नै आएकाे हाे नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, अब कांग्रेसकै नेतृत्वमा अगी बढ्छ समृिद्धको अभियान’ देशको विकासका लागि नेपाली कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताएका छन् l

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij