आधुनिक परिवेशमा कुनै कार्य–व्यवसाय आदिको सफलताको लागि जब मानसिक तनावबाट घेरिएका स्त्री–पुरुषहरु दिन–रात आफ्नो मस्तिष्कलाई व्यस्त राख्छन् र व्यस्तताको कारणले समयमा भोजन गर्दैनन्, पर्याप्त निन्द्रा लिँदैनन् र मादक द्रवहरुको सेवन गर्दछन्, तब उच्च रक्तचापबाट पीडित हुन्छन् । उच्च रक्तचापलाई प्रौढवस्थाको रोग भनिन्छ, तर आधुनिक परिवेशमा ३५ देखि ४० वर्षको उमेरका स्त्री र पुरुषहरुमा उच्च रक्तचापबाट पीडित हुन्छ । जो स्त्री–पुरुषहरु बोसोयुक्त(घीउ, मक्खन आदि) खाद्य पदार्थहरुको बढी सेवन गर्छन् र शारीरिक श्रम बिल्कुल गर्दैनन्, बढी समय आराम गर्छन्, तिनीहरु उच्च रक्तचापको शिकार बढी हुन्छन् ।
बोसोयुक्त खाद्य पदार्थहरुको सेवनबाट स्थुलता तीव्र रुपमा बढ्छ । स्थुलताको कारणले स्त्री–पुरुषहरुलाई हिँडडुल गर्नमा कठिनाई हुन्छ भने शारीरिक श्रमको अभावमा उनीहरुलाई उच्च रक्तचाप हुन्छ । बोसोयुक्त खाद्य पदार्थहरुको सेवनबाट बढी मात्रामा कोलेस्ट्रोलको उत्पत्ति हुन्छ । कोलेस्ट्रोलको अधिकताले रक्त धमनिहरुमा अवरोध उत्पन्न भएर उच्च रक्तचापको उत्पति हुन्छ । चिया, कफी, बिँडी–सिगरेट बढी पिउने, मादक पदार्थहरुको बढी सेवन गर्नेहरुलाई उच्च रक्तचाप हुन्छ । काम, क्रोध, भय, शोक र कुनै चिन्तामा डुबिरहने स्त्री–पुरुषहरु उच्च रक्तचापबाट बढी पीडित हुन्छन् । केही व्यक्तिहरुमा वंशानुगत उच्च रक्तचापको रोग हुन्छ ।कब्जियतबाट लामो समयसम्म पीडित हुने स्त्री–पुरुषहरु अनेक कारणले उच्च रक्तचापबाट पीडित हुन्छन् । मानसिक कार्य गर्ने, लेखक, नेता र अरु बुद्धिजीवीहरु उच्च रक्तचापको शिकार हुन्छन् । संधिवात, अधिक सहवास, अधिक पौष्टिक भोजन गर्नेहरु पनि उच्च रक्तचापबाट सुरक्षित रहन सक्दैनन् । नुन धेरै खानेहरु पनि विभिन्न कारणहरुबाट उच्च रक्तचापको रोगी बन्छन् ।
उच्च रक्तचापको प्रारम्भमा रोगीले धेरै टाएको दुखेको अनुभव गर्छ । टाउको दुख्ने समस्याको निवारणको लागि रोगीले किसिमम किसिमका औषधिहरुको सेवन गर्छ, तर टाउको दुख्ने समस्या ठीक हुँदैन । रोगीले लेपढ गर्न र ड्रइङ्गको काम गर्नमा धेरै थकान अनुभव गर्छ । रोगीलाई नेत्र ज्योती क्षीण भएको अनुभव हून्छ । केही शारीरिक श्रम गर्दा पनि रोगीलाई धेरै थकान हुन्छ । सिढी चढ्दा मुटु बेस्सरी चड्किएको अनुभव हुन्छ । सम्पूर्ण शरीर पसिनाले भिज्छ । रोगीलाई निकै बेचैनी हुन्छ । उच्च रक्तचापको रोगीका हात खुट्टाहरुमा झनझनाहट हुन्छ । उच्च रक्तचाप बढी भएमा रोगीको नाकबाट रक्तस्राव हुनथाल्छ ।
के खाने ?
प्रतिदिन ४०० ग्राम मेवा खानाले उच्च रक्तचाप अत्यन्त लाभ हुन्छ ।
१०–१० ग्राम लसुनको रस बिहान र बेलुका सेवन गर्नाले उच्च रक्तचाप कम हुन्छ ।
१ ग्राम सर्पगन्धाको चुर्ण, ३ ग्राम ज्वानोमा मिस्री मिलाएर पानीसँग सेवन गर्ने ।
आकका फूलहरुको माला बनाएर लगाउनाले उच्च रक्तचाप कम हुन्छ ।
२५ ग्राम प्याजको रसमा मह मिलाएर सेवन गर्नाले उच्च रक्तचाप कम हून्छ ।
१५० ग्राम गाँजरको रस र ५० ग्राम पालुंगो रस मिलाएर पिउनाले लाभ हुन्छ ।
गाँजरको रस खानाले उच्च रक्तचाप कम हुन्छ ।
२० ग्राम ताजा ब्रह्मीको रस र ५० ग्राम मह मिलाएर सेवन गर्नुहोस् ।
उच्च रक्तचापको रोगीले प्रतिदिन २५–३० ग्राम मिश्री खानाले अत्यन्त लाभ हुन्छ ।
राती १०० ग्राम पानीमा १० ग्राम त्रिफला हालेर राख्नुहोस् । प्रातः उठेर त्यो पानीलाई छानेर, मिस्री मिलाएर पिउनाले रक्तचाप कम हुन्छ ।
गहुँ र चनाको आँटाको रोटी बनाएर खानुहोस् ।
प्रतिदिन मोहीको सेवन गर्नाले उच्च रक्तचापको रोगीलाई अत्यन्त लाभ हुन्छ । मोहीसँग नुनको प्रयोग नगर्नुहोस् ।
के नखाने ?
उच्च रक्तचापका रोगीले पिरो अमिलो र चटपटे खाद्य पदार्थहरुको सेवन गर्नुहुँदैन ।
चिया, कफी र रक्सीको बिल्कुल सेवन गर्नु हुँदैन ।
आलु, कन्दमूल, काउली आदिको सेवन गर्नुहुँदैन ।
मासु, माछा, अण्डा, घीउ, मक्खनको सेवन नगर्नुहोस् ।
उच्च रक्तचापका रोगीले समोसा, पकौडा, चाइनिज र फास्टफुडको सेवन गर्नु हुँदैन ।
उच्च रक्तचापका रोगीले धेरै दौडधुप, शारीरिक श्रम गर्नुहुँदैन र सिँढी पनि चढ्नु हुँदैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij