काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को अनलाइन बोलपत्र (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच बनाएर ठेक्काको आर्थिक प्रस्ताव हेरफेर गरेको आरोपमा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले दोस्रो चरणको अनुसन्धानका क्रममा कात्तिक १५ गते उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा टंकनाथ ढकाल, रामेश्वर थापा र प्रकाश बराल रहेका छन्। साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार आरोपितहरूले ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै प्रणालीभित्र छिरेर डकुमेन्ट फेरबदल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
यसअघि नै ई-जीपी प्रणालीको डेटामा सेध लगाएको आरोपमा आठ जनालाई पक्राउ गरी पहिलो चरणको अनुसन्धान सकाएर मुद्दा अदालत लगिसकिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij