२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

एकान्तकुनास्थित यातायात कार्यालयबाट तीन जना बिचौलिया पक्राउ

एकान्तकुनास्थित यातायात कार्यालयबाट तीन जना बिचौलिया पक्राउ

  • सोमबार, असार १५ २०८३

काठमाडाैं । यातायात कार्यालय एकान्तकुनाबाट तीन जना बिचौलिया पक्राउ परेका छन् । सवारी चालक अनुमतिपत्र,सवारी दर्ता/नवीकरण लगायतका सेवाका नाममा सेवाग्राहीलाई भ्रममा पार्ने अनावश्यक रकम असुल्ने बिचौलियाको रुपमा कार्य गर्ने गरेको आरोपमा प्रहरीले ती व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुङ्गा रागादिप गाउँपालिका–६ घर भइ ललितपुर महानगरपालिका–१३ बस्ने ३७ वर्षीय अर्जुन रसाईली, ललितपुर महानगरपालिका–७ पाटनसुन्धारा घर भएका ३९ वर्षीय महेश सुवेदी र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ३१ का सुदिप माझी रहेका छन् ।

उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट नगद ४५ हजार ५ सय, तीन वटा गाडीको बिलबुक र लाइसेन्स बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij