२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

सुनकाे मूल्यले प्रतितोला रू १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेर नयाँ इतिहास रच्याे

सुनकाे मूल्यले प्रतितोला रू १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेर नयाँ इतिहास रच्याे

काठमाडौं, ४ वैशाखः नेपाली बजारमा सुनकाे मूल्यले फेरि नयाँ रेकर्ड बनाएकाे छ ।सुनकाे मूल्यले आज प्रतितोलामा रू १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेर नयाँ इतिहास रचेकाे हाे ।

आज सुन प्रतितोला रू ३ हजार ६ सय रूपैयाँले बढेर रू १ लाख ९० हजार ६ सय रुपैयाँ निर्धारणा गरेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे सुन  प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा काराेबार भएकाे थियाे।

त्यस्तै  आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतिताेला रू ५ रूपैयाँले बढेर प्रतिताेला रू १९ सय ६० रूपैयाँमा काराेबार भइरहेकाे छ । हिजाे चाँदी प्रतिताेला रू १८ सय ५५ रूपैयाँमा काराेबार भएकाे थियाे । अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो । सोही प्रभाव नेपाली बजारमा परिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij