काठमाडाैं, २९ चैतः नेपाली बजारमा आज पनि छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला रू ३ हजार ९ सय रुपैयाँले बढेर रू १ लाख ८५ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घका जनाएकाे छ । बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि रू ५ रूपैयाँले बढेर रू १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij