काठमाडौँ, २९ चैत, नेपाली सेनाले विभिन्न सैनिक पदका लागि दरखास्त खुला गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २,६०० भन्दा बढी जनशक्ति माग गरेको हो।
नेपाली सेनाले प्रकाशन गरेको सूचना अनुसार, स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक प्रक्रियाबाट पदपूर्ति गरिनेछ। यसका लागि सेनाले तोकिएको भर्ना केन्द्रमा आवेदन फाराम बुझाउन आवेदकहरूलाई आग्रह गरेको छ।
इच्छुक व्यक्तिहरूले वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म पनि आवेदन दिन सकिनेछ।
आवेदकको न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण रहेको छ । त्यस्तै, पुरुषका लागि न्यूनतम ५ फिट ३ इन्च र महिलाका लागि ५ फिट उचाइ अनिवार्य गरिएको छ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij