२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा), १३ चैत: चालु आर्थिक वर्षको पहिलो आठ महिनामा काँकडभिट्टाबाट कुल रु १२ अर्ब ७४ करोड १६ लाख बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु ६४ करोड १७ लाख ५९ हजार ले कम हो। गत वर्षको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाख को पेट्रोलियम पदार्थ आयात भएको थियो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार आयातमा कमी आए पनि राजस्व संकलन भने बढेको छ। चालु आर्थिक वर्षको आठ महिनामा रु ६ अर्ब १२ करोड ४२ लाख राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.६ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा रु ५ अर्ब ८० करोड १८ लाख राजस्व संकलन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij