काठमाडाैं, ७ चैतः नेपाल बैंक लिमिटेडको ६५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष श्री थानप्रसाद पंज्ञानीज्यूको अध्यक्षतामा आर्थिक वर्ष २०८०÷८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गर्दै सम्पन्न भएको हो ।
सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्ताव अनुसार प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे, सृष्टि कोइराला लेखापरीक्षक नियुक्ति भएको छ ।
त्यस्तै, बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका रहेको थियो । तर, उक्त व्यवस्थालाई उच्च अदालत, पाटनको चैत्र ५ गतेको अल्पकालिन अन्तरिम आदेशबाट रोकिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij