२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

प्रमुख सचेतक घिमिरेको संसदमा क्षमायाचन

प्रमुख सचेतक घिमिरेको संसदमा क्षमायाचन

काठमाडौं, ६ चैत: नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदमा व्यक्त गरेको आफ्नै अभिव्यक्तिप्रति पुनरावलोकन गर्दै औपचारिक रूपमा क्षमा याचना गर्नुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले चैत ३ गते व्यक्त गरेको विचारका लागि खेद प्रकट गर्दै माफी माग्नुभएको हो। सो दिन प्रमुख सचेतक घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने धारणा राख्नुभएको थियो।

उहाँले आफ्नो उक्त अभिव्यक्ति नेपाली कांग्रेस वा संसदीय दलको आधिकारिक धारणा नभएको, बरु व्यक्तिगत विचार मात्र रहेको स्पष्ट पार्नुभयो। साथै, “मेरो अभिव्यक्तिले सम्माननीय सांसदहरू तथा आमजनमानसमा कुनै नकारात्मक असर परेको भए, उहाँहरूको सम्मान गर्दै म क्षमा याचना गर्न चाहन्छु,” उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij