काठमाडौँ, ६ चैतः नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ भने चाँदीकाे मूल्य भने सामान्य घटेकाे छ ।
छापावाल सुन आज प्रतिताेला रु ८ सय रूपैयाँले बढेर रु १ लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार सुन प्रतितोला रु १ लाख ७५ हजार २०० रूपैयाँमा कारोबार भएको थियाे ।
आज चाँदीको मूल्य भने रू ५ ले घटेर प्रतितोला रु २ हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मङ्गलबार प्रतितोला रु २ हजार ५०मा कारोबार भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij