२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

२५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सहित एकजना पक्राउ

२५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सहित एकजना पक्राउ

काठमाडौं, ५ चैतः प्रहरीले काठमाडौंको टोखा नगरपालिका, झोर क्षेत्रबाट करिब २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलर सहित रसुवाको केरुङतर्फ जाँदै एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामा रहेकाे खुलेकाे छ ।

सोमबार राति प्रहरीले ना ७ ख १६५२ नम्बरको ट्रक जाँच गर्ने क्रममा लामाले लुकाइराखेको ठूलो मात्रामा विदेशी मुद्रा बरामद गरेको हो। उनले ट्रकको चालक सिट पछाडि ‘फल्स बटम’ बनाई रकम लुकाएका थिए।

लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। अनुसन्धानका क्रममा उनी यसअघि पनि अवैध कारोबारमा संलग्न भएकाे पाएकाे छ । २०७८ मा, उनले ७ किलो सुन तस्करी गर्ने प्रयास गर्दा प्रहरीले कलंकीबाट पक्राउ गरेको थियो। हाल प्रहरीले उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij