काठमाडैं, ३ चैतः प्रभु बैंक लि. गण्डकी प्रदेशले शनिबार मुस्ताङस्थित घरपझोङ्ग गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिने उपायहरूको बारेमा जनचेतना फैलाउने र सर्वसाधारणाहरूलाइ बचत गर्न, बजेटिङ र लगानीको अधारणालाई विकास गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम गरेकाे हाे ।
गभर्नर महाप्रसाद अधिकारीले कार्यक्रमलाइ सम्बोधन गदै डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरू प्रयोगको महत्त्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्ने उपायहरूको बारेमा जानकारी दिए। उनले भने, दिजिटल प्रविधिको उपयोग गर्दा, हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुव्रपर्छ । हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णायहरू लिनुपर्ने कुरामा जाेड दिए ।
घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले कार्यक्रममा अतिथिहरूलाइ स्वागत गर्दै खुशी व्यक्त गर्नुभयाे । हाम्रो गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यस कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेकाे र यसले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गर्ने बताउँनुभयाे।
कार्यक्रम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्थानीय सरकारका अध्यक्ष, नेपाल राष्ट्र
बैंकका काययकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ती सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालय प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, प्रभु बैंकका अधिकारीहरू, अन्य विशिष्ट व्यक्तित्वहरू सहित १२० भन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij