काठमाडौँ, ३ चैत : शुक्रबार इतिहास रचेकाे सुनकाे मूल्य आज भने सामान्य घटेकाे छ ।
छापावाल सुन प्रतिताेला रू ४ सय रूपैयाँले घटेर आज रू १ लाख ७४ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतिताेला रू १ लाख ७४ हजार ५०० मा कारोबार भएकाे थियाे ।
त्यस्तै चाँदी प्रतिताेला रू ५ रूपैयाँले घटेर आज रू २ हजार ४५ मा कायम भएको छ । शुक्रबार चाँदी प्रतिताला रु २ हजार ५० मा कारोबार भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij