२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

प्रधानमन्त्री ओलीद्वारा फागुपूर्णिमाको शुभकामना सन्देश

प्रधानमन्त्री ओलीद्वारा फागुपूर्णिमाको शुभकामना सन्देश

काठमाडौँ, २९ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई फागुपूर्णिमाको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

फेसबुकमार्फत आफ्नो सन्देश दिँदै उहाँले फागुपूर्णिमा हर्ष र उमङ्गको पर्व मात्र नभई वसन्तोत्सव तथा मदनोत्सवसमेत भएको उल्लेख गर्नुभयो। उहाँले नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिँदै यो पर्व प्रकृतिको पुनर्जागरणसँग जोडिएको पनि बताउनुभयो।

शिशिर ऋतुपछि वसन्तको आगमनसँगै फूलहरू फुल्ने, चराहरूको चिरबिरले वातावरण रमाइलो बनाउने भन्दै प्रधानमन्त्री ओलीले प्रकृति र जीवनमा नयाँ उल्लास आउने धारणा व्यक्त गर्नुभयो।

“फागुपूर्णिमा हर्ष र उमङ्गको क्रीडापर्व हो। यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना! ह्याप्पी होली!” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij