२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

उद्योग क्षेत्र समृद्धितर्फ अघि बढ्दैछः मन्त्री भण्डारी

उद्योग क्षेत्र समृद्धितर्फ अघि बढ्दैछः मन्त्री भण्डारी

काठमाडौँ, २८ फागुन – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा उद्योग क्षेत्र अहिले समृद्धितर्फ उन्मुख रहेको बताउनुभएको छ।

आज यहाँ आयोजित अटोमोटिभ कन्क्लेभ–२०८१ को उद्घाटन समारोहमा मन्त्री भण्डारीले आर्थिक सुधारलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै यसले उद्योग क्षेत्रलाई समृद्धिको दिशामा अगाडि बढाइरहेको बताउनुभयो।

उहाँले सरकार निजी क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्न सरकार केन्द्रित रहेको जानकारी दिनुभयो। नयाँ आर्थिक वर्षको बजेट तयारी सुरु भइसकेको जनाउँदै उहाँले उद्योग मन्त्रालयको नीतिगत सुधार तथा निजी क्षेत्रको प्रवर्द्धनका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिने बताउनुभयो।

मन्त्री भण्डारीले निजी क्षेत्रको समग्र विकासका लागि नीतिगत र अन्य सुधारका विषयमा सुझाव दिन व्यवसायीहरूलाई आह्वान गर्नुभयो। हालका कानुनहरू खण्डित नहुने गरी आवश्यक नीतिगत सुधारको लागि सुझाव दिन आग्रह गर्दै उहाँले उद्योग क्षेत्रमा सुधार ल्याउन कुनै स्वार्थ नराखी निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपालका उद्योगी तथा व्यवसायीहरूले विभिन्न चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै मन्त्री भण्डारीले स्वदेशी उद्योगको प्रवर्द्धनका लागि सरकार कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो। नेपाली उत्पादनको प्रयोग नगर्ने प्रवृत्तिले स्वदेशी उद्योगलाई संकटमा पारिरहेको बताउँदै उहाँले स्वदेशी वस्तुको उपभोग बढाउन आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij