काठमाडौँ, २७ फागुनः आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेकाे छ ।
आज सुन प्रतितोला रु ५ सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु १ लाख ६९ हजार ९ सय कायम भएको छ । त्यस्तै आज चाँदी प्रतिताेला रू १ हजार ९ सय ७० मा काराेबार भइरहेकाे छ ।