२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

काठमाडौंको गोकर्णेश्वर स्थित एक महिलाको हत्यामा संलग्न १ नाबालक सहित ५ जना पक्राउ

काठमाडौंको गोकर्णेश्वर स्थित एक महिलाको हत्यामा संलग्न १ नाबालक सहित ५ जना पक्राउ

काठमाडैं, २६ फागुनः प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएकाे टोलीले काठमाडौंको गोकर्णेश्वर स्थित एक महिलाको हत्यामा संलग्न १ नाबालक सहित ५ जना पक्राउ गरेके छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ७ नामी कलेज नजिक बागमती खोलाको बिच भागमा बोरा भित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०/३५ की महिला मृत फेला परेको थियाे । प्रारम्भिक अनुसन्धानको क्रममा निजको हत्यामा उक्त व्यक्तिहरुको संलग्नता खुल्न आएकोले उपत्यका स्थित विभिन्न स्थानबाट निजहरुलाई पक्राउ गरेके हाे। उनीहरूलार्इ काठमाडौं जिल्ला अदालतबाट ६ दिनका म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

पकाउ पर्नेहरूमा सर्लाही बागमती ढुङगेखोला घर भई हाल काठमाडौं जिल्ला गोठाटार बस्ने वर्ष २५ को कैलाश खड्का, मकवानपुर हेटौडा शिखरपानी घर भई हाल गोठाटार कृष्ण मन्दिर बस्ने वर्ष २० को सुरेश तामाङ , सेही ठाउँमा बस्ने नुवाकोट मेघांग – ४ देउराली, वर्ष २४ को रोशन तामाङ, सिन्धुपाल्चोक तिपिने घर भई हाल गोकर्णेश्वर बस्ने वर्ष २० की पुजा परियार र एक नाबालक पनि हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij