२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

किसानको दूधको पैसा भुक्तानीबारे सम्बन्धित निकायसँग छैन जवाफ

किसानको दूधको पैसा भुक्तानीबारे सम्बन्धित निकायसँग छैन जवाफ

किसानको दूधको पैसा भुक्तानीबारे सम्बन्धित निकायसँग छैन जवाफ

भरतपुर, २७ माघः  किसानको दूधको पैसा नियमित भुक्तानी दिने विषयमा सम्बन्धित निकायहरू स्पष्ट योजना वा समाधान दिन असमर्थ देखिएका छन् । चितवनको भरतपुरमा जारी ‘पहिलो राष्ट्रिय डेरी एक्स्पो’मा बोल्ने धेरै वक्ताले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डीडीसी० र निजी डेरीकै प्रतिनिधिहरूले भुक्तानी दिने विषयमा अनभिज्ञता प्रस्तुत गरेका हुन् ।

तीन दिनसम्म चल्ने एक्स्पोको दोस्रो दिनको छलफलमा सहभागी दुग्ध विकास संस्थानका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले सरकारबाट ऋण अनुदान नलिइ किसानको पैसा तिर्ने अवस्था नरहेको बताए । उनले भने, ‘हामीले सरकारबाट ऋण पाए वा स्टक विदेश तथा स्वदेशमा बिक्री गर्न सकेमात्र किसानलाई रकम भुक्तानी गर्न सक्नेछौं ।’

यसैगरी, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल र नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले किसानको सबै बक्यौता भुक्तानी दिन हालको अवस्थामा सम्भव नभएको स्वीकार गरे । उनीहरूको भनाइमा यो समस्या नियतभन्दा पनि स्टक बिक्री गर्न नसक्दा आएको हो । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार किसानले दुग्ध विकास संस्थान र निजी डेरी उद्योगीहरूबाट झण्डै साढे दुई अर्ब रुपैयाँ पाउन बाँकी छ ।

छलफलमा उपस्थित किसानहरूले दूधको नियमित भुक्तानी नपाउनु मुख्य कारण भनेको नेतृत्वमा रहेका र नीति निर्माणमा भएकाकै कमजोरी रहेको गुनासो गरे । किसान प्रदीप तिमल्सिनाले भारतबाट नेपालका उद्योगीले लुकाएर ल्याउने पाउडर दूध र डेरी उत्पादनका कारण नेपालमा समस्या उत्पन्न भएको बताए । उनले भने, ‘यदि भारतबाट पाउडर दूध ल्याउन रोक लगाइयो भने नेपालमा ‘मिल्क होलिडे’ हुने थिएन र किसानले नियमित पैसा पाउँथे ।’

चितवनको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले उद्योगीहरूले पैसा नदिएपछि सहकारीले बैंकबाट ऋण लिएर किसानलाई भुक्तानी गर्नुपरेको बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा।राजेन्द्रप्रसाद यादवले किसानको भुक्तानीका लागि समन्वय र सहकार्य गर्दै आएको बताए । उनले प्रविधिको प्रयोगसागै उत्पादन बढाउन बोर्ड सक्रिय रहेको जनाए । पशु सेवा विभागका महानिर्देशक डा। उमेश दाहालले किसानको कम लगानीमा धेरै उत्पादन हुने नीतिमा काम भइरहेको र पशु बिमाको समस्या समाधानका लागि विभागले सक्रियता देखाउने बताए।
ुडेरीमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नारासहित चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा संचालन भएको एक्स्पो आइतबारसम्म संचालन हुनेछ ।

प्रदर्शनीमा डेरी तथा पशु आहार उद्योगमा आवश्यक मेसिनरी तथा उपकरण, डेरी सफ्टवेयर, डेरीका विभिन्न उत्पादन, दूध सहकारी, पशुपालनका सामग्री, आहारा, औषधि, डेरी प्याकेजिङ उद्योगका करिब सय स्टल छन् ।

स्थानीय उत्पादन बढाउन र अन्तर्राष्ट्रिय तहसम्म बजार विस्तार गर्न प्रदर्शनीले सहयोग मिल्न सक्ने जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij