काठमाडौँ, २४ माघः नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ ।
छापावाल सुनको मूल्य प्रतितोला रु १ हजार ६ सयले बढेर आज रु १ लाख ६८ हजार ५०० मा काराेबार भइरहेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे सुन प्रतितोला रु १ लाख ६६ हजार ९०० मा कारोबार भएको थियो ।
त्यस्तै चाँदी मूल्यमा आज प्रतितोला रु ५ रूपैयाँले बढेर १ हजार ९ सय ८० रूपैयाँ पुगेकाे छ । हिजाे चाँदी प्रतितोला रु एक हजार ९७५ मा कारोबार भएको भएकाे थियाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij