काठमाडौं, १५ माघः डी.ए.भी. (प्लस टु) कलेजले उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता माघ १६ गतेदेखि आयोजना गर्न लागेको कलेज प्रशासनले जनाएको छ ।
कलेजका प्रिन्सिपल श्री सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त देशकै सर्वाधिक धनराशिको प्रतियोगिता रहेको दबी गरेको छ । विजेता टिमलाई रु. ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई रु. २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही रु. १५ हजार प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ४० वटा टिमलाई मात्र सहभागी गराइने उहाँले बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij