२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

राजधानीमा एकैदिन दुई जनाको हत्या

राजधानीमा एकैदिन दुई जनाको हत्या

काठमाडौं–गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा कुनै पनि कमी आउन नदिने दावी गरिरहेका बेला राजधानीमा एकैदिन दुई जनाको हत्या भएको छ । गृहमन्त्री थापाले शान्ति सुरक्षामा कडाई गरिएको दाबी गरिरहँदा मंगलबार राती सिंहदरवार नजिकै एक युवती र एक युवाको हत्या भएको हो ।

बुधबार बिहान ६ बजे प्रहरीले काठमाडौं र ललितपुर जोड्ने टेकुको कालो पुलमुनी एक युवतीको शव फेला पार्यो । अन्दाजी २५ वर्षकी मंगोलियन युवतीको शव प्रहरीले टेकुको कालोपुल मुनीबाट बरामद गर्यो ।

अन्दाजी ५ फिट ३ इञ्च उचाईकी युवतीले खरानी रंगको हाफ सर्ट र कालो रंगको पाइण्ट लगाएकी छिन् । युवतीको बायाँ हातको नाडीमा निलो मसीले आईएलयु लेखिएको छ । युवतीको निधार र टाउकोमा चोट लागेको छ । शवको प्रकृति हेर्दा हत्या गरेर बागमती नदि किनारमा फालेको सहजै बुझ्न सकिन्छ ।

बुधबार बिहानै प्रहरीले गोकर्णेश्वरको अत्तरखेलबाट पनि एउटा शव बरामद गरेको छ । अन्दाजी ३२ वर्षका एक पुरुषको शव प्रहरीले अत्तरखेलस्थित बागमती नदि किनारबाट बरामद गरेको हो । शवको प्रकृति हेर्दा युवकको हत्या भएको बुझ्न सकिन्छ ।

अन्दाजी ५ फिट ३ इञ्च उचाई भएका पुरुषको टाउकोबाट रगत बगेको छ । घटनास्थलमा फलामको पाइपसमेत भेटिएकाले त्यही पाइपले हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । पातलो शरीर, लामो कपाल, जुंगा र दाह्री पालेका युवाको शव नाङ्गो अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij