२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

१० जीवन बीमा कम्पनीले घोषणा गरे नयाँ बोनसदर

१० जीवन बीमा कम्पनीले घोषणा गरे नयाँ बोनसदर

काठमाडाैं, २ बैशाखः  आर्थिक वर्ष २०८०/ ८१ को लागि हालसम्म १० बीमा कम्पनीले बोनसदर घोषणा गरेका छन् । हालसम्म नेशनल लाइफ, प्रभु महालक्ष्मी लाइफ , एलआइसी नेपाल, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ इन्स्योरेन्स, मेट लाइफ, सिटिजन लाइफ, नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले घोषणा गरेका हुन् ।

हरेक वर्ष कम्पनीको बीमांकी मूल्यांकन (एक्चुरियल भ्यालुएशन) पछि घोषणा गरेको बोनस दरका आधारमा बीमितले बोनस रकम पाउँछन् । नयाँ बोनश दर घोषित नहुँदासम्म बीमितले पछिल्लो घोषित बोनश दरकै आधारमा दाबी भुक्तानीवापतको रकम भुक्तानी प्राप्त गर्छन् ।

१.सिटिजन लाइफ इन्स्योरेन्स
कम्पनीले प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा १० वर्षदेखि १४ वर्षसम्मको लागि ४४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मको लागि ४९ रुपैयाँ र २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ कायम छ ।

वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा ० वर्षदेखि ९ वर्षसम्मको लागि २५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि २७ रुपैयाँ र २० देखि २४ वर्षसम्मको लागि २८ रुपैयाँँसम्म बोनसदर कायम गरेको छ । सिटिजन शुभारम्भ योजना (सावाधिक प्लस) बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४६ रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

सावधिक (रेगुलर)जीवन बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५० रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ । सिटिजन बाल भविष्य योजना (सावाधिक) बीमालेख र सिटिजन बाल भविष्य योजना प्लस (सावधिक) बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ४० रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षसम्मको लागि ६७ रुपैयाँ बोनसदर दिने भएको छ । सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथि योजना) मा ० देखि ९ वर्षसम्मको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४३ रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ८० रुपैयाँ बोनसदर कायम गरेको छ ।

२.प्रभु महालक्ष्मी लाइफ
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न बीमालेखहरुमा प्रतिहजार न्यूनतम रुपैयाँ २३ देखि ७३ रुपैयाँसम्म घोषणा गरेको छ । सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष र १० देखि १४ वर्षका लागि ३३ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावाधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष र १० देखि १४ वर्षका लागि ३८ रुपैयाँ र १५ देखि १९ वर्षका लागि ४३ रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५४ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ । अग्रिम भुक्तानी सावाधिकमा ० देखि ९ वर्ष र १० देखि १४ वर्षसम्म अवधिका लागि ३५ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी (समुन्नति एनुअल) मा ० देखि ९ वर्षका लागि र १० देखि १४ वर्षसम्म अवधिका लागि २३ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २७ रुपैयाँ बोनसदर कायम गरेको छ। महालक्ष्मी सावाधिक जीवन बीमा योजनामा ५ देखि १४ वर्षसम्म अवधिका लागि ४५ रुपैयाँ, १५ वर्ष अवधिका लागि ४६ रुपैयाँ र १६ देखि २४ वर्षसम्म अवधिका लागि ४६ रुपैया, २५ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २६ वर्षभन्दा माथिका लागि पनि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

महालक्ष्मी सरल जीवन बीमा योजनामा ५ देखि १४ वर्ष अवधिको लागि ५२ रुपैयाँ, १५ वर्ष अवधिको लागि ५५ रुपैयाँ र १६ वर्षभन्दा माथिको लागि ५५ रुपैयाँ कायम गरिएको छ । महालक्ष्मी हेरचाह बीमामा ५ देखि १४ वर्ष अवधिको लागि ५० रुपैयाँ, १५ वर्ष अवधिको लागि ५१ रुपैयाँर १६ वर्षभन्दा माथिको लागि पनि ५१ रुपैयाँ कायम गरिएको छ । महालक्ष्मी बाल बचत बीमामा ५ देखि १४ वर्ष अवधिको लागि ३२ रुपैयाँ, १५ वर्षको लागि ३५ रुपैयाँ १६ देखि १९ वर्षको लागि ३५ रुपैयाँ, २० देखि २१ वर्षको लागि ३९ रुपैयाँ र २२ वर्षभन्दा माथिको माथिको लागि ३९ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमाको सबै अवधिको लागि ३५ रुपैया, महालक्ष्मी धनधान्य बीमा योजनाको सबै अवधिमा ४५ रुपैयाँ र महालक्ष्मी सावाधिक आजीवन बीमाको सबै अवधिमा ३८ रुपैयाँ बोनसदर कायम गरेको छ।

३.नेशनल लाइफ
नेशनल लाइफले विभिन्न पोलिसीमा न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि र १० देखि १४ वर्षसम्मको लागि ६४ रुपैयाँ, १५ देखि २० वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मको लागि ७० रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि कम्पनीले ८५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।

सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्षसम्मको लागि, १० देखि १४ वर्षसम्मको र १५ देखि २० वर्षसम्मको लागि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्मको अवधिका लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी सावधिक बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मको लागि र १० देखि १४ वर्ष अवधिसम्मको लागि ६३ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मको लागि ६४ रुपैयाँ, २६ देखि २९ वर्षसम्मको लागि ६४ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

४.आइएमई लाइफ इन्स्योरेन्स
कम्पनीले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ । सावधिक सीमित अवधि भुक्तानी र सावधिक तथा बाल सावधिकमा ० देखि ९ वर्षसम्मको लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६७ रुपैयाँ र ३० वा सोेभन्दा बढीको लागि ७० रुपैयाँ बोनसदर छ । सामूहिक सावधिक योजनामा ० देखि ९ वर्षसम्म, १० देखि १४ वर्षसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ७० रुपैयाँ र ३० वा सोेभन्दा बढी अवधिका ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

सावधिक तथा आजीवन योजनामा ० देखि ९ वर्षसम्म र १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोेभन्दा बढीका ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । अग्रिम भुक्तानी तथा आजीवनमा १० देखि १४ वर्षसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी सावधिकमा १० देखि १४ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ । बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग)मा १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षसम्म ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ।

वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) मा १० देखि १४ वर्षसम्मको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ। वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा २२ रुपैयाँ बोनस कायम छ ।

५.सूर्यज्योति लाइफ
यस कम्पनीले आर्थिक वर्ष २०८०/ ८१ का लागि सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम रु ४० देखि रु ७५ सम्म, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमाः न्यूनतम रु ४० देखि रु ७५ सम्म, अग्रिम भुक्तानी जीवन बीमा योजनाहरुमाः न्यूनतम रु ४२ देखि रु ६० सम्म, चौरासी पूजा जीवन बीमा योजनाहरुमाः न्यूनतम रु ४५ देखि रु ९० सम्म बोनस यदिने घोषणा गरेको छ ।

६.नेपाल लाइफ
कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) मा प्रतिहजार ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि ६० रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष माथिका लागि ८२ रुपैयाँ, सावाधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि ६५ रुपैयाँ तथाा २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष बढी अवधिका लागि प्रतिहजार ८२ रुपैयाँ कायम गरेको छ ।

सावाधिक जीवन बीमालेख (जीवन समुनन्त) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि ५६ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ७० रुपैयाँ र ३० वर्षभन्दा माथिका लागि ७० रुपैयाँ कायम भएको छ । सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १ रविकल्प २) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्षका लागि ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६५ रुपैयाँ र ३० वर्ष माथिका लागि ६५ रुपैयाँ,सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १, एकल बीमाशुल्क) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्षका लागि ५५ रुपैयाँ तथा २० देखि २५ वर्षका लागि ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष माथिका लागि ६० रुपैयाँ छ ।

सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्य, जीवन बीमा योजनामा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्षका लागि ६० रुपैयाँ तथा २० देखि २५ वर्षका लागि ६२ रुपैयाँ कायम भएको छ । सावाधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि ६० रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष माथिका लागि ८२ रुपैयाँ कायम भएको छ ।

अग्रिम भुक्तानी सावाधिक बीमालेख (जीवन समृद्धि)मा १५ वर्षे अवधिका लागि बीमितले प्रतिहजार ५६ रुपैयाँ र २० वर्षे अवधिका लागि ५६ रुपैयाँ बोनस पाउनेछन्। अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, जीवन उन्नति, नौलो धन वर्षा, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथिका लागि ५६ रुपैयाँ छ । अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्बृद्धि)मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष अवधि, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथिका लागि ५६ रुपैयाँ कायम भएको छ । अन्य (जीवन सारथी) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६२ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८५ रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि ८५ रुपैयाँ छ ।

७.एलआइसी नेपाल
कम्पनीलेले न्यूनतम ४१ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ । जीवन विद्या ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजनामा ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि ५३ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

सावधिक (३३३)योजनामा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि ३४ वर्षका लागि ६१ रुपैयाँ र ४५ र सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। जीवन आनन्द (३४२) मा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६० रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

बाल सावाधिक (३४९) बीमा योजनामा प्रतिहजार १५ देखि १९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

धन वृष्टि (३५८) योजनामा कम्पनीले प्रतिहजार १० वर्षे अवधिका लागि ५५ रुपैयाँ र १५ वर्षे अवधिका लागि ५७ रुपैयाँ बोनस दिने भएको छ। धन फिर्ता (३३४, ३३५, ३३६, ३३७, ३३९, ३४३) मा प्रतिहजार १५ वर्ष अवधिका लागि ५६ रुपैयाँ, २० वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ वर्ष अवधिका लागि ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ।

बाल ममता (३४०) र बाल स्नेह (३४१) मा प्रतिहजार १५ वर्ष अवधिसम्मका लागि ५६ रुपैयाँ र १६ देखि २० वर्ष अवधिका लागि ५७ रुपैयाँ बोनसदर घोषणा गरेको छ। जीवन तरंग (३४५) योजनामा प्रतिहजार १० वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।

न्यु जीवन तरंग (३६०) योजनामा प्रतिहजार १० वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। जीवन बचत (३५९) योजनामा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४९ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६३ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। जीवन लाभ (३६१) योजनामा प्रतिहजार १० वर्ष अवधिका लागि ५१ रुपैयाँ, १५ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० वर्ष अवधिका लागि ५५ रुपैयाँ र २५ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। लघु सावाधिक (३५४) योजनामा कम्पनीले सबै अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

८.मेट लाइफ इन्स्योरेन्स
कम्पनीले अग्रिम भुक्तानी योजना (थ्री पेमेन्ट प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मका लागि ४५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि ६५ रुपैयाँ कायम गरेको छ । अग्रिम भुक्तानी योजना (मिडटर्म ग्रोथ प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मका लागि ४५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५० रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम गरेकोे छ । सावधिक जीवन बीमा (इन्डोमेन्ट प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ६५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेकोे छ।

शिक्षा संरक्षण बीमा (एजुकेसन प्रोटेसन प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

९.रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्षसम्मको लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ५५ रुपैया, १५ देखि १९ वर्षसम्मको लागि ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ।

रिलायबल सुलभ जीवन बीमालेख सुलभ बाल जीवन बीमालेख प्लस योजनामा ५ देखि ९ वर्षसम्मको लागि २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि २९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३३ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिका लागि ४१ रुपैयाँ कायम भएको छ।

रिलायबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी) मा ५ देखि १४ वर्षसम्मको लागि २५ रुपैयाँ र १५ र सोभन्दा माथि अवधिका लागि २६ रुपैयाँ बोनसदर कायम भएको छ। लघु सावधिक जीवन बीमालेख (बीमा समिति) र रिलायबल लघु सावधिक जीवन बीमालेखमा ५ देखि ९ वर्षसम्मको लागि ३१ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३३ रुपैयाँ र २० देखि २४ वर्षसम्मको अवधिका लागि ३४ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि ३५ रुपैयाँ कायम भएको छ।

सावाधिक तथा आजीवन बीमा योजनामा ५ देखि ९ वर्षसम्मको लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ र २० देखि २४ वर्षसम्मको लागि ४५ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि ५० रुपैयाँ कायम भएको छ।

रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा १०, १२ र १४ वर्षसम्म अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १६, १८ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर कायम भएको छ। रिलायबल समुन्नति जीवन बीमामा ५ देखि १४ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ, १५ देखि २४ वर्षसम्मको लागि २१ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि २३ रुपैयाँ बोनसदर कायम भएको छ।

रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावाधिक बीमालेखमा ५ देखि १४ वर्षका लागि ६० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर कायम भएको छ।

१०.सानिमा रिलायन्स लाइफ
कम्पनीले विभिन्न योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । सावधिक जीवन बीमा योजना (रेगुलर) मा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ , १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

सावधिक जीवन बीमा योजना (एकल) मा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। त्रिपल सावधिक बीमामा १० वर्षदेखि १४ वर्षसम्मको लागि २० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

दम्पती सावधिक बीमा योजनामा १५ वर्षदेखि १९ वर्षसम्मको लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। सावधिक तथा आजीवनमा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

अग्रिम भुक्तानी योजनामा १० वर्षदेखि १४ वर्षसम्मको गि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। वार्षिक अग्रिम भुक्तानी योजनामा १५ वर्षदेखि १९ वर्षसम्मका लागि १९ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि २१ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क) नियमित शुल्कतर्फ यस योजनाका सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ र एकल शुल्कतर्फ ५४ रुपैयाँ बोनसदर कायम गरिएको छ। कम्पनीले यस योजनाका ८ हजार ८५५ बीमालेख बिक्री गरेको छ। १५ वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अवधिका लागि ४१ रुपैयाँ बोनसदर तोकिएको छ। यस योजनाको ६१९ वटा बीमालेख बिक्री भएको छ। २० वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अधिका लागि ४५ रुपैयाँ बोनसदर कायम गरिएको छ। यस योजनाको २९५ वटा बीमालेख बिक्री भएको छ।

रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरिएको छ। यस योजनाको ५९७ वटा बीमालेख बिक्री भएको छ। सामूहिक सावधिकको सम्पूर्ण अवधिका लागि १९ रुपैयाँ बोनसदर तोकिएको छ। यस योजनाको १ हजार ६९४ वटा बीमालेख बिक्री भएको छ।

सावधिक तथा आजीवनमा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ सावधिकमा ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

सीमित भुक्तानी सावधिकमा १० वर्षदेखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। बाल सावाधिक योजनामा १० देखि ११३ वर्षको लागि १९ रुपैयाँ, १४ देखि १५ वर्षको लागि २० रुपैयाँ, १६ वर्षको लागि २२ रुपैयाँ, १७ वर्षको लागि २३ रुपैयाँ, १८ वर्षको लागि २५ रुपैयाँ, १९ वर्षको लागि २६ रुपैयाँ, २० वर्षको लागि २७ रुपैयाँ, २१ वर्षका लागि २८ रुपैयाँ, २२ वर्षको लागि ३० रुपैयाँ, २३ वर्षको लागि ३१ रुपैयाँ, २४ वर्षको लागि ३२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ३४ रुपैयाँ रहेको ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij