२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

‌ओलम्पिक कमिटीमा कार्यकारी निर्देशकको जिम्मेवारीमा उपाध्यक्ष चतुरानन्द राजवैद्य

‌ओलम्पिक कमिटीमा कार्यकारी निर्देशकको जिम्मेवारीमा उपाध्यक्ष चतुरानन्द राजवैद्य

नेपाल ओलम्पिक कमिटी (एनओसी)को उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई कार्यकारी निर्देशकको थप जिम्मेवारी दिइएको छ ।
एनओसीको विधान दफा ९ को उपदफा ३७ अनुसार उपाध्यक्ष राजवैद्यलाइ कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । यो संगै उनले एनओसीमा रहेर दैनिक गतिविधीहरु सञ्चालन गर्ने जिम्मेवारी समेत पाएका छन् ।
एनओसीका अध्यक्ष तथा प्रतिनिधी सभाका सदस्य जिवनराम श्रेष्ठले एनओसी भवनमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष राजवैद्यलाई कार्यकारी निर्देशकको पत्र हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले एनओसीकै इतिहासमा पहिलो पटक राजवैद्य जस्तो व्यक्तित्व कार्यकारी निर्देशकका रुपमा पाएको बताए ।
कार्यकारी निर्देशकको जिम्मेवारी पाएका राजवैद्यले सन १९८५ मा नै एमविएको अध्ययन समेत पुरा गरेका छन भने उनले टेवल टेनिस डव्लस स्पर्धामा तिन पटकका राष्ट्रिय च्याम्पियन समेत हुन् । राष्ट्रिय टेवल टेनिस सिंगल्स तेश्रो भएका उनले अल नेपाल इन्टर कलेज टेवल टेनिसका च्याम्पियन समेत हुन् । उनी २०४६ सालमा टेवल टेनिस संघको कार्यसमिती सदस्य र कोषाध्यक्षको जिम्मेवारीमा समेत रहिसकेका छन् ।
विसं. २०६३ मा नेपाल टेवल टेनिस संघको अध्यक्ष रहेका राजवैद्य दुई पटक निर्वाचित हुँदै त्यसको नेतृत्व सम्हालिसकेका छन् । सन २०११ देखि २०१५ सम्म एनओसीको सदस्य पदमा निर्वाचित उनले सन २०१९ देखि एनओसीको उपाध्यक्ष पदमा आसिन  छन् ।
उनी विगत ३२ वर्ष देखि एशिया प्यासिफिक ट्रेड कन्सर्नको कार्यकारी निर्देशकको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij