काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग ५ करोड रुपैयाँ वा सो भन्दा बढी ऋण लिने ग्राहकको विवरण मागेको छ । बैंकले एक सूचना निकाल्दै ग्राहकको विवरण जेठ १५ गतेसम्म उपलब्ध गराउन निर्देशन दिएको हो ।
कोरोना भाइरसले अर्थतन्त्र नाजुक बनेका बेला बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij